ताजा अपडेट »

थपिए ७४ जना कोरोना संक्रमित

मंगलबार, ०४ असोज २०७९, १६ : १७
18 Shares

काठमाडौं । पछिल्लो चौबिस घण्टामा देशमा ७४ जना कोरोना भाइरसको नयाँ संक्रमित थपिएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ३ हजार ५१२ जनाको स्वास्थ्य परिक्षण गर्दा उक्त संख्यामा संक्रमण भएको पाइएको हो । 

सो अवधिमा पीसीआर विधिबाट १ हजार ५३५ र एन्टीजेन विधिबाट १ हजार ९७७ जनाको कोरोना परिक्षण गरिएको थियो । बितेको चौबिस घण्टामा १६० जना कोरोना भाइरस संक्रमित निको भएको मन्त्रालयले जनाएको छ । हाल देशमा सक्रिय कोरोना भाइरस संक्रमितको संख्या १ हजार ६१९ रहेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।