ताजा अपडेट »

लुम्बिनीमा किशोरी उमेरमै गर्भवती हुने दर उच्च, न्यूनिकरणका लागि चुनौती

आइतबार, ०२ असोज २०७९, १५ : ४२
72 Shares
आइतबार, ०२ असोज २०७९
72 Shares

बुटवल । लुम्बिनी प्रदेशमा किशोरी अवस्थामै गर्भवती हुने दर उच्च रहेको पाइएको छ । प्रदेशमा अहिले किशोरी प्रजननदर ५७ प्रतिशत देखिएको हो । यसलाई घटाएर ३० प्रतिशतमा झार्नुपर्ने चुनौती रहेको लुम्बिनी प्रदेशका वरिष्ठ जनस्वास्थ्य निर्देशक रोशनलाल चौधरीले जानकारी दिए ।

किशोरी अवस्था १५ देखि १९ वर्ष उमेर समूहलाई लिइन्छ । चौधरीले किशोरावस्थामा गर्भवती भएका आमाको मृत्यु हुनसक्ने सम्भावना बढी हुने हुँदा यसको न्यूनीकरणका लागि सबैको सहकार्य र परिवार योजनामा जानुपर्नेमा खाँचो औँल्याए । प्रत्येक महिलाको सुरक्षित मातृत्व र प्रजनन अधिकार संविधानमै उल्लेख छ ।

गर्भनिरोधक साधनको पहुँच र प्रयोगको कमी आएकाले अनिश्चित गर्भ बस्ने किशोरीहरूको संख्या बढी देखिन्छ । ५१ लाख जनसंख्या रहेको लुम्बिनीमा प्रदेशमा ११ लाख प्रजनन उमेर समूहका महिलाहरू छन् । जसको क्षेत्रमा निर्देशनालयले काम गर्दै आएको छ ।

स्वाथ्य निर्देशनालय परिवार योजना कार्यक्रमका फोकल पर्सन कौशल कुमार भण्डारीले किशोरी आमा बन्ने क्रमलाई घटाउन निर्देशनालयले मुस्लिम समुदायमा परिवार योजना कार्यक्रम लगेको बताए । परिवार योजना दिवसले बिहे कति वर्ष पुगेपछि गर्ने, बिहे गरेर पनि व्यवस्थित भएपछि मात्र बच्चा जन्माउने, त्यो बेला कस्ता परिवार नियोजनका अस्थायी साधन प्रयोग गर्नेबारे सल्लाह आफूहरूले दिँदै आएको उनको भनाइ छ ।

पत्रकार महासंघ लुम्बिनी प्रदेशका महासचिव विक्रम खड्काले स्वास्थ्यको क्षेत्रमा तीन तहका सरकारबीच समन्वय गरेर अगाडि बढे स्वास्थ्यका इन्डिकेटर पूरा हुने बताए । स्वास्थ्य निर्देशनालयले आइतवार दिवसको अवसरमा बुटवलमा अन्तरक्रिया गरेको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।