ताजा अपडेट »

अनसनरत डाक्टर केसी अस्पताल भर्ना

बुधबार, २९ भदौ २०७९, २२ : १२
8 Shares
बुधबार, २९ भदौ २०७९
8 Shares

धनगढी । स्वास्थ्य क्षेत्रको सुधारको माग राख्दै तीन दिनअघि धनगढीमा अनसन बसेका डाक्टर गोविन्द केसीको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको छ । उनलाई धनगढी स्थित सेती प्रादेशिक अस्पतालमा भर्ना गरिएको हो । 

धनगढीस्थित गिता सत्संग समितिको धर्मशालामा अनसन बसेका केसीको बुधबार स्वास्थ्यमा समस्या देखिएपछि अस्पतालको वार्डमा सारिएको हो । केसीलाई सेती प्रादेशिक अस्पतालको छुट्टै वार्डमा राखेर उपचार थालिएको डाक्टर केसीसँगै रहेका डाक्टर अमृत जैशीले बताए ।

उनका अनुसार बुधबारदेखि डाक्टर केसीलाई बोल्न समस्या भइरहेको र रक्तचाप घटेको छ । उनले चिकित्सकको सल्लाह बमोजिमनै डाक्टर केसीलाई अस्पतालमा भर्ना गरिएको बताए ।

डाक्टर केसीको स्वास्थ्य परीक्षण सेती प्रादेशिक अस्पतालका वरिष्ठ कन्सल्ट्यान्ट फिजिसीएन डाक्टर शेर बहादुर कमरले गरेका छन् ।- न्युज कारखाना

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।