ताजा अपडेट »

बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्डमा देशमै पहिलो

शुक्रबार, २४ भदौ २०७९, २१ : ००
98 Shares
शुक्रबार, २४ भदौ २०७९
98 Shares

बुटवल । रुपन्देहीको लुम्बिनी प्रादेशिक अस्पताल न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा नेपालमै प्रथम हुन सफल भएको छ । बी लेभल अस्पतालहरुको मापदण्ड मुल्याङ्कनमा लगातार दोस्रो पटक मुलुककै प्रथम हुन सफल भएको अस्पतालमा मेडिकल सुपरिटेन्डेन डा. इन्द्र ढकालले जानकारी दिए ।

अघिल्लो वर्ष न्यूनतम सेवा मापदण्ड मुल्याङ्कनमा ७४ अङ्क प्राप्त गर्दै पहिलो बनेको यस प्रादेशिक अस्पतालले यो वर्ष थप प्रगति गर्दै ८० प्रतिशत अङ्क प्राप्त गर्न सफल भएको डा. ढकालले जानकारी दिए । साविक लुम्बिनी अञ्चलका जिल्लाहरु पाल्पा, गुल्मी, अर्घाखाँची, कपिलवस्तु, नवलपरासीसहित प्युठान, स्याङ्जा, रुकुम, रोल्पा लगायतका जिल्लाहरुबाट उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पतालमा आउने गर्दछन् ।

अस्पतालको तथ्याङ्क अनुसार पछिल्लो एक वर्षको अवधिमा ३ लाख ४ हजार ७२५ जनाले उपचार गराएका छन । आर्थिक वर्ष २०७८ को साउनदेखि २०७९ को असारसम्म अस्पतालको बहिरंग रोग विभाग(ओपीडी) र आकस्मिक(ईर्मेजेन्सी)मा गरि उक्त सङ्ख्यामा सेवाग्रहीले भाल लिएका हुन् ।

जनरल (ओपीडी) ईएचएस र बिमा गरि अस्पतालबाट २ लाख ८७ हजार ६० जनाले सेवा लिएका छन् । त्यसमध्ये जनरलमा १ लाख ८३ हजार ६१५ ईएचएसबाट २ हजार ४७८ र बिमाबाट १ लाख ९६७ गरि अस्पतालबाट कुल २ लाख ८७ हजार ६० जनाले उपचार सेवा लिएका छन । आकस्मिक कक्षमा ५३ हजार ६६५ जनाले उपचार गराएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।