ताजा अपडेट »

डेंगु फैलन थालेपछि सचेतना अभियान

मंगलबार, २१ भदौ २०७९, २२ : ५४
34 Shares
मंगलबार, २१ भदौ २०७९
34 Shares

काठमाडौँ । तिब्र गतिमा फैलँदै गइरहेको डेंगु र स्क्रवटाइफस लगाएत अन्य किट जन्य रोगबाट बच्नका लागि धादिङमा स्वास्थ्यसम्वन्धि जनचेतनामुलक कार्यक्रम सुरु गरिएको छ ।

पहिलो चरणमा वातबरणीय सरसफाइ गर्ने र सचेतना मुलक कार्यक्रमसहित नीलकण्ठ नगरपालिकाको बजार क्षेत्रबाट कार्यक्रमको सुरुवात गरिएको हो । दुई महिना एता डेंगु रोगले महामारीको रुप लिँदै जान थालेपछि धादिङमा विभिन्न स्वास्थ्य सम्वन्धि जनचेतनामुलक कार्यक्रमहरु सुरु गरिएको हो ।

रोगको नियन्त्रण र लामखुट्टेको बसस्थान नष्ट गर्नका लागि धादिङका स्थानीयहरु लागिपरेका छन् । दुई वर्ष अघदेखि धादिङमा देखा परेको यस रोगको प्रकोप अहिले निकै तिब्र गतिमा फैलदै गएको छ ।

अहिले नीलकण्ठ नगरपालिकास्थित वडा नम्वर तीनबाट सचेतना मुलक कार्यक्रमसहित लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान नै सुरु भएको वडा नम्वर तीनका अध्यक्ष राजकुमार श्रेष्ठले बताएका छन् ।

पहिलो चरणमा घर ओरपरका झाडी र लामखुट्टेले फुल पार्न सक्ने पानी जमेका स्थान सफा गर्ने र पुराना टायरहरु नष्ट गर्ने काम भएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।