ताजा अपडेट »

‘हिंसा न्युनीकरणका लागि शुरु आफैबाट र घरैबाट हुनुपर्ने’

सोमबार, २३ मंसिर २०७६, १२ : ०८
4 Shares

मंसिर २३,

बिन्दु भट्टराई / ग्लोबल आवाज

मणिग्राम । हिंसा न्युनीकरणका लागि शुरु आफैबाट र घरैबाट हुनुपर्ने कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् । सिद्धार्थ विकास केन्द्र कपिलबस्तु, शसक्तिकरण नेपालको आयोजनामा यु एनएफपिए तथा युएनडिपिको आर्थिक सहयोग र सामाजिक मन्त्रालयको समन्वयमा लैङ्गिक हिंसा विरुद्धको बर्ष अभियान २०७६ अन्तर्गत शनिवार वुटवलमा सम्पन्न लैङ्गिक हिंसा अन्त्यका लागि सरोकारवाला निकायको जिम्मेवारी भुमिका र प्रतिबद्धता विषयक अन्र्तकृया कार्यक्रममा महिला पुरुष भन्दा डवल तेस्रो लिङ्गिहरु हिंसामा परेको औल्याईएको छ ।

लिङ्गका आधारमा गरिने हिंसालाई न्युनीकरण गर्दै सवै हातमा हात साथमा साथ मिलाएर अगाडि बढ्न सक्ने हो भने राज्यले देखेको सपना पुरा हुने शसक्तिकरण नेपालका अध्यक्ष आनिक रानाले बताइन् । कार्यक्रममा बुटवल उपमहानगरपालिकी उपप्रमुख गुमादेवी आचार्यले कार्यक्रममा अर्थ पर्यटन समितीका दधिराम न्यौपानेले लैङ्गिक हिंसा अन्त्य गर्न घरैबाट नै समान अधिकार दिनुपर्नेमा जोड दिए । उनले जवसम्म छोरी र तेस्रो लिङ्गिलाई छोरा सरह सम्पत्तिमा समान हक हुदैन तवसम्म लैङ्गिक हिंसा अन्त्य हुन नसक्ने बताए । कार्यक्रममा प्रदेश सभा सदस्य थानकुमारी थापाले हिंसा अन्त्यका लागि शिक्षामा जोड दिनुपर्ने बताईन् । त्यस्तै प्रदेश सभा सदस्य रमा अर्यालले बाटो पुल र महल बनाउदैमा विकास नहुने बताउदै त्यसका लागि समान अवसर सहित हिंसामुक्त राज्य हुनुपर्नेमा जोड दिईन् ।

कार्यक्रममा प्रदेश सभा सदस्य गिता थापा, युएनएफपिएका प्रदेश संयोजक राम थापा, शसक्तिकरण नेपालका आनिक राना ,शान्ति समाजका केन्द्रिय उपाध्यक्ष गोविन्द खनाल, प्रदेश सांसद माला गोतामे,कमला बिश्वकर्मा,सामाजिक विकास महाशाखा प्रमुख शारदा बस्याल ,पत्रकार अमृता अनमोल, शसक्तिकरण नेपालका रमेश न्यौपाने,सिद्धार्थ सामाजिक विकास केन्द्रका संस्थापक अध्यक्ष पोमनारायण पौडेल, युएनडिपीका प्रदेश संयोजक सुदिप अर्याल लगायतले बोल्दै प्रदेश ५ मा ८० प्रतिशत मानिस हिंसामा परेको र आत्महत्या बढ्नुमा लैङ्गिक हिंसा मुख्य कारण भएकोले हिंसा न्युनीकरणका लागि एकद्धार संकट प्रणली लागु गर्नुपर्नेमा जो दिएका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।