ताजा अपडेट »

मिर्गौला प्रत्यारोपणका लागि अनुमति कुदै प्रदेश अस्पताल

सोमबार, २० भदौ २०७९, १० : २७
23 Shares
सोमबार, २० भदौ २०७९
23 Shares

सुर्खेत । स्वास्थ्य सेवा विभागबाट अनुमति पाए लगत्तै सुर्खेतमा मिर्गौला प्रत्यारोपण सेवा सुरु हुने भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयअन्तर्गत सहिद धर्मभक्त राष्ट्रिय प्रत्यारोपण केन्द्र भक्तपुर र कर्णाली प्रदेश अस्पताल सुर्खेतबीच गत चैत ११ गते सम्झौता भइसकेको छ । प्रदेश अस्पतालले ०७४ देखि डाइलाइसिस सेवा दिँदै आएको छ ।

मिर्गौला प्रत्यारोपण सेवाका लागि भौतिक संरचना र उपकरणको व्यवस्थापन गरेको अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डेन्ट डा. डम्बर खड्काले जानकारी दिए । प्रदेश अस्पतालले ६ जना चिकित्सकलाई तालिम दिएर सेवा सञ्चालनका लागि तयारी अवस्थामा राखेको जनाएको छ। 

मिर्गौला प्रत्यारोपणका लागि अहिले काठमाडौँ जानु परिरहेको छ । विभागबाट स्वीकृत पाए लगत्तै सबै व्यवस्थापन तथा जनशक्ति तयारी भएर बसेकाले काम सुरु हुने डाक्टर खड्काले जानकारी दिए । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।