ताजा अपडेट »

डेंगु संक्रमणबाट बुटवलमा पूर्व गाविस उपाध्यक्ष आचार्यको मृत्यु

शुक्रबार, १० भदौ २०७९, १० : ३९
60 Shares
शुक्रबार, १० भदौ २०७९
60 Shares

बुटवल । बुटवलमा डेंगुका कारण एक जनाको मृत्यु भएको छ । अर्घाखाँचीको मालारानी गाउँपालिका १ घर भई हाल बुटवल उपमहानगरपालिका वडा नं ११ बस्ने ७६ वर्षीय चुरामणि आचार्यको डेंगुका कारण मृत्यु भएको हो ।

केही दिनदेखि अस्वस्थ रहेका आचार्यलाई बुधबार थप परीक्षणपछि बिहीबार काठमाडौं लैजाने तयारी गरिएको थियो । बिहीबार थप उपचारका लागि काठमाडौंबाट छोरा टेकराज आचार्य आएर लैजाने तयारी गरेको समयमा दिउसो मृत्यु भएको पारिवारिक स्रोतले जनाएको छ । उनको बिहीबार राती नै त्रिवेणीमा अन्त्येष्टि गरिएको छ ।

आचार्य अर्घाखाँचीको मरेङ गाविसको पूर्व उपाध्यक्ष हुन् । केही सातायता रुपन्देहीमा डेंगुका बिरामी दिनहुँ बढेका छन् । यहाँका सरकारी तथा निजी अस्पतालमा गम्भीर प्रकृतिका बिरामीहरुको संख्या बढेको वरिष्ठ फिजिसियन डाक्टर नन्दु पाठकले बताए

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।