ताजा अपडेट »

थप ६३४ जनामा कोरोना संक्रमण, १ जनाको मृत्यु

मंगलबार, ०७ भदौ २०७९, १६ : ५९
12 Shares
मंगलबार, ०७ भदौ २०७९
12 Shares

काठमाडौं ।  सरकारले पछिल्लो २४ घण्टामा थप ६३४ जनामा कोरोनाभाइरस संक्रमण पुष्टि भएको जनाएको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले मंगलबार अपरान्ह सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४ हजार ९४९ नमुना परीक्षण गर्दा ६३४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । 

२ हजार ७५७ नमुनाको पीसीआर परीक्षण गर्दा ३४३ जनामा र २ हजार १९२ नमुनाको एन्टिजेन परीक्षण गर्दा २९१ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । योसँगै सक्रिय संक्रमितको संख्या ४ हजार २२१ पुगेको मन्त्रालयले जनाएको छ । मन्त्रालयको विवरणअनुसार पछिल्लो २४ घण्टामा ४१७ जना कोरोना संक्रमणमुक्त भएका छन् ।

यस्तै पछिल्लो २४ घण्टामा एक जना कोरोना संक्रमितको मृत्यु भएको मन्त्रालयले जानकारी दिएको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।