८ आश्विन २०७९, शनिबार

Sep 24, 2022

यस धर्तीमा अनेक प्राणी बसेका छन्। तीमध्ये मान्छे मात्र एउटा त्यस्तो प्राणी हो जसले टाउको मुनि सिरानी राखेर सुत्छ। हिजो आज सिरानी टाउकोमा मात्र होइन घुँडाका बीचमा राख्ने सुत्ने चलन पनि छ। मान्छेबाहेक अन्य कुनै पनि जनावरले सिरानी राखेर सुतेको आजसम्म देखिएको छैन। आखिर मानिसले मात्र किन सिरानी राखेर सुत्छ त ? विना सिरानी सुत्दा के हानी हुन्छ ?

Advertisement

मानिसको एक तिहाइ जीवन सुतेरै बित्छ । त्यसो भए सिरानी बिना सुत्न सकिएला कि नसकिएला ? सिरानी नभए पनि म निदाउँछु भनेर सोच्ने मानिस कति होलान् ? सामान्यत: सुत्नुअघि नै मानिसले सिरानी खोई भन्न थालिहाल्छ। सिरानी बिना त निन्द्रा नै लाग्दैन भनेझैं गरी सोधिरहेको हुन्छ। कसरी सुत्दा सिरानी नचाहिएला ? वा जसरी सुत्दा पनि चाहिने पो हो कि

आम रूपमा सुत्ने क्रिया सिरानीसँग यसरी जोडिएको छ कि मानौं बिना सिरानी पनि सुत्न सकिन्छ भन्ने कुरा मान्छेले सोच्नै छाडिसकेको छ। अर्थात् सुत्नु भनेको सिरानी राखेर मात्र हो भन्ने बुझाइ प्रवल छ। जे होस्, सिरानी राख्ने अभ्यास सर्वत्र सबैको जीवनशैलीको अभिन्न अंग बनिसकेको छ।

रात होस वा दिन बच्चा होस् वा बुढो, केटा होस् वा केटी सुत्ने बेलामा सबै सिरानी राख्ने अभ्यास गरिरहेका छन्। पूर्वीय र पश्चिमी दुवै समाजमा सिरानीको प्रयोग उस्तै छ। केही प्रकारका रोगमा बाहेक अरु सबै व्यक्तिले सिरानी प्रयोग गरेको पाइन्छ।

योग विज्ञानका अनुसार मान्छे बसिरहँदा उसले आफ्नो ढाड र गर्धनलाई सिधा पारेर बस्नुपर्छ भनिन्छ। अगाडि वा पछाडि अथवा दाँया वा बाँयातिर टाउकोलाई झुकाएर लामो समयसम्म बस्दा वा ढाडलाई कुप्रो बनाएर लामो समयसम्म बस्दा मस्तिष्क र मेरुदण्डबीचको सूक्ष्म सहज सञ्चारमा अवरोध उत्पन्न हुन्छ। जब मानिस बिना सिरानी सुत्छ त्यही परिस्थिति उत्पन्न हुन्छ। अत: सुतेकोबेला मस्तिष्क र मेरुदण्डबीच ‘एलाइनमेन्ट’ सही बनाउन वा सिधा बनाउन सिरानीको सहायता लिइन्छ। तसर्थ स्वास्थ विज्ञानको दृष्टिले सिरानी प्रयोग गरिनुको मुख्य प्रयोजन भनेको मस्तिष्क र मेरुदण्ड बीच निरन्तर सामञ्जस्य र सन्तुलन स्थापित गराइ राख्नु हो।

अनुसन्धानहरूका अनुसार मस्तिष्क र मेरुदण्ड बीच लामो समयसम्म स्वतस्फूर्त सञ्चार हुन नपाउँदा विभिन्न खालका शारीरिक एवं मानसिक समस्याहरू उत्पन्न हुने गर्दछन्। नशाको अर्थ स्नायुहरू (नर्भ वा न्युरन) भन्ने बुझिन्छ, जसबाट हरेकपल सन्देशहरू इलेक्ट्रोनिक चार्जहरूको रूपमा एक स्थानबाट अर्को स्थानसम्म यात्रा गरिरहेका हुन्छन् । त्यही सन्देशहरूको माध्यबाट शरीरमा कार्य सम्पन्न हुने गर्दछ। स्नायुहरूमा लामो समयसम्म ठीकसँग सन्देश प्रवाह नहुँदा नशा च्याप्पिने, गर्धन दुख्ने, ढाड एवं पिठ्युँ दुख्ने, टाउको दुख्ने, पाखुरा दुख्ने, शरीरमा आलश्यता आउने, अकारण थकाइ लाग्ने, मन शान्त एवं एकाग्र नहुनेलगायतका समस्या देखिने गर्छ ।

मस्तिष्क मानव शरीरको अति महत्वपूर्ण एवं संवेदनशील अंग हो। यसैगरी स्नायु प्रणालीमा मेरुदण्ड पनि मानव शरीरको अति संवेदनशील अंग मानिन्छ। मस्तिष्कबाट स्नायु सञ्जाल निस्किएर मेरुदण्ड हुँदै शरीरभरि फैलिएको हुन्छ। विशेष रूपले मस्तिष्कबाट १२ जोडी क्र्यानियल नर्भस् र मेरुदण्डबाट ३१ जोडी स्पाइनल नर्भस् निस्किएर शरीरमा फैलिएको स्नायु प्रणाली बनेको हुन्छ। जसै मेरुदण्ड र मस्तिष्क बीच एलाइन्मेन्ट बिग्रन्छ त्यसपछि सूक्ष्म रूपमा हुने सञ्चारमा अवरोध हुन्छ। लामो समयसम्म हुने त्यस्ता अवरोधले स्वास्थ्यमा अनेक समस्याहरू देखिन थाल्छन्। जसप्रति आमरूपमा मानिसहरूले ध्यान दिएका हुँदैनन् वा ठम्याउन सकिरहेका हुँदैनन्।

सिरानी नराख्दा त्यति समस्या नहोला तर गलत तरिकाले सिरानी प्रयोग गर्दा त्यसले भने गम्भीर समस्याहरू ल्याउन सक्दछ। सिरानी राखेको नमिल्दा मासु तथा नसा तर्कने, झस्का पस्ने, गर्धन अररो हुने वा सड्किने जस्ता समस्या उब्जिन सक्छ । यस्ता समस्या क्रमश: बढ्दै गए हड्डी खिइने तथा नसा च्यापिने सम्भावना पनि हुन्छ। त्यसमाथि आजभोलि मान्छेहरूले गलत अस्वभाविक आकार र प्रकारको सिरानी राखी, सुतेर ल्यापटप, मोबाइल, आदि चलाइरहेका हुन्छन् । कतिपयले त सिरानीमा सुतेरै खाना समेत खाने गर्छन्।

हातको पोजिसन १५ मिनेट मात्र मिलेन भने पनि दुख्न थाल्छ। गलत सिरानी राखेर ८–१० घण्टा असहज पोजिसनमा सुत्नु भनेको त्यसले स्वास्थ्यमा प्रत्यक्ष समस्या ल्याउनु स्वाभाविक हुने नै भयो। सिरानीको प्रयोग गलत भयो भने माइग्रेन एवं डिप्रेसनजस्ता रोगसम्म पनि निम्त्याउँछ ।

सही प्रकारले सिरानी राखेर पोजिसन मिलाएर सुत्नु एकदम जरुरी हुन्छ। सुत्ने क्रममा ‘बडी एलाइन्मेन्ट’ सही नहुँदा दीर्घकालीन समस्या उत्पन्न हुनसक्दछ। सिरानीको प्रयोग मान्छेहरूले सचेत रूपमा ध्यान दिएर गरेको हुँदैन, जुन दीर्घकालीन रूपमा घातक हुने देखिन्छ। कतिसम्म भने बृद्धावस्थातिर लागेपछि त्यसको असर देखिनथाल्छ ।

चाहे कोल्टो पर्दा होस् वा घोप्टो पर्दा वा उत्तानो पर्दा, हरेक समय टाउको र मेरुदण्डको एलाइन्मेन्टलाई प्रमुखताका साथ ध्यान दिनुपर्छ। सामान्यत: आम मान्छे यी ५ तरिकाले सुत्ने गरेको पाइन्छ :

सुत्ने पोजिसनको कुरा गर्दा, बायाँतर्फ कोल्टो फर्केर सुत्नु सबै भन्दा उत्तम मानिन्छ। त्यस पोजिसनमा एक त टाउको र मेरुदण्डको एलाइन्मेन्ट राम्रो हुन्छ। अर्को भनेको पाचन क्रिया राम्रोसँग हुन पाउँछ। बायाँतर्फ कोल्टो फर्केर सुत्दा पेटको पोजिसन यसरी बन्छ कि पेटमा भएको वा रहेको खानामा रातभर सबैखाले जैवरसायनिक जुस र एन्जाइमहरूले एकत्रित रूपमा कार्य गर्न पाउँछन्। पेटको क्षेत्रमा उत्पन्न हुने जैवरसायनिक रसहरू घाँटीतिर फर्किन पनि पाउँदैन साथै खाना सम्यक रूपमा पाचन नभई आन्द्रातिर सर्नसमेत पाउँदैन। सामान्यत: ६ देखि ८ घण्टामा त सबै खालका खाना पचिसकेका हुन्छन् ।

सिरानीको कारण टाउको र मेरुदण्डको एलाइन्मेन्ट मिलेन भने श्वास प्रश्वाससमेत स्वभाविक हुँदैन । घुर्ने समस्या पनि आउँछ। सिरानीको कारण सुताइ असहज भई श्वासप्रश्वासको गति सहज र स्वभाविक हुन् नपाउँदा त्यसले मानसिक समस्या निम्त्याउन सक्छ।

सुत्दा मोटो सिरानी प्रयोग गर्ने कि पातलो ?

आम मानिसको धारणा हुन्छ कि जति सक्दो पातलो सिरानी प्रयोग गर्नुपर्छ। जुन धारणा एक पक्षीय हो। सिरानी न त धेरै मोटो राम्रो हुन्छ न त धेरै पातलो नै। टाउको र मेरुदण्डको एलाइन्मेन्ट जति मोटो सिरानीले मिल्छ,  त्यो नै सिरानीको उपयुक्त मोटाइ हो।

बजारमा फाइबर, कपास आदि थरीथरीका सामग्रीबाट बनेका सिरानी पाइन्छन्। कुन सामग्रीबाट बनेको सिरानी स्वस्थकर कुन अस्वस्थकर कसरी छुट्याउने ? टाउको जस्तो संवेदनशील अंगमुनि राखिने भएकोले यसका लागि दुईवटा विषय विचारणीय हुन्छन्। एउटा नरम र अर्को लचकता। आफूलाई सहज लाग्ने स्तरको नरम वस्तुबाट बनेको सिरानी चयन गर्नुपर्छ। अर्को भनेको सिरानी बनाउँदा प्रयोग भएको वस्तुको लचकता हो। सिरानीको लचकता त्यस स्तरसम्मको मात्र हुनुपर्छ, जतिले टाउको र मेरुदण्डको एलाइन्मेन्ट बिग्रँदैन। हेर्दा सिरानी मोटो भए पनि टाउकाको भारले पातलो बन्ने कार्य त्यही लचकताले गरिरहेको हुन्छ । यस्तो वेलामा लचकता झन् विचारणीय बन्न पुग्छ। टाउको र मेरुदण्डलाई समान रेखामा राख्न सघाउने सिरानीलाई उपयुक्त मोटाइको सिरानी मान्न सकिन्छ ।

द तोहोकु जर्नल अफ एक्सपेरिमेन्टल मेडिसिनको सन् २०१४ जुलाई अंकमा मिं याँङ् जीयोन एण्ड समूहद्वारा प्रकाशित लेखका अनुसार सिरानीको आकार र बनोट सामग्री राम्रो सिरानीको महत्वपूर्ण पक्ष हुन् जसले गर्धनको वक्रता, सिरानीको तापक्रम र सिरानी प्रयोगको सहजतालाई निर्धारण गर्दछ। २१ देखि ३० वर्ष उमेर समूहका २० जनामा गरिएको यस अध्ययनमा मुख्य फिदरको सिरानी, स्पोञ्जको सिरानी र अर्थोपेडिक सिरानी मध्ये कुन राम्रो भन्ने तुलना गरिएको थियो। जसमा विशेष विधिबाट बनाइएको अर्थोपेडिक सिरानी उत्तम देखिएको थियो।

मष्तिस्क र मेरुदण्डबाट हुनसक्ने अल्प र दीर्घकालीन समस्याहरूबाट बच्न सिरानीको प्रयोगमा सबै सचेत हुनु जरुरी देखिन्छ। दैनिक रूपमा सिरानीको प्रयोग गर्नु सामान्य झैं लागे पनि यसको प्रभाव शारीरिक एवं मानसिक स्वास्थ्यमा प्रत्यक्ष रूपमा परिरहेको हुन्छ।

प्रतिकृया दिनुहोस्

Flash News

आर्थिक वृद्धिदर र जनताको हित विपरित गठबन्धन सरकार : पूर्व अर्थमन्त्री पौडेल चारपाला सामुदायिक वनमा गठबन्धनलाई पराजित गरी एमालेको प्यानलनै विजयी कपिलबस्तुमा बस र ट्रक ठोक्किए : एकको मृत्यु, ३१ जना घाइते भरुवा बन्दुकसहित कपिलवस्तुका २७ वर्षीय प्रेम पक्राउ दशैं आयो, खाद्य डिपो केन्द्रमा चामल आएन देशभर ७४ कोरोना संक्रमित थपिए, थप एकको मृत्यु एमाले देवदह अध्यक्ष चापागाईंद्वारा पार्टी परित्याग, स्वतन्त्र उम्मेदवारीको घोषणा  बुटवलको विकास माेडलका बारेमा कार्यपत्र प्रस्तुत तथा अन्तरक्रिया यसपालिको विपद् : पहिरो, आगलागी र चट्याङबाट बढी मानवीय क्षति बालबिकास र विद्यालयका कर्मचारीको तलब बढायो धुर्कोटले लिलाम नहुँदा भन्सारमा थन्किए करोडौंका गाडी पुमसे च्याम्पियनशिपमा रुपन्देहीकी रियाशा र दिपिकालाई कास्य संघीयतापछि नयाँ आर्थिक केन्द्र बन्न थालेका छन्ः वर्षमान पुन गुल्मी अर्खाबाङ्ग-रुपन्देही सम्पर्क समाजले वनवाटिकामा स्टल निर्माण गर्ने सत्यमोहन जोशीको आजिवन रेखदेख सरकारले गर्छ: खाँण ग्रामीण सडक : बर्खामा बन्द, हिउँदमा खुला यती एअरलाइन्सले सार्वजनिक गर्‍यो चाडपर्व लक्षित योजना मोटरसाइकल जुध्दा दुवै चालकको मृत्यु, एक जना घाइते भजनीका चार हजार बाढी पीडित घर फर्के पनि तीन हजार बढी अझैँ विस्थापित सिरियामा डुंगा दुर्घटना, ७७ बढी आप्रवासीको मृत्यु