ताजा अपडेट »

घरेलु कामदारको सुरक्षाबापत संकलन गरेको ८ करोड ४९ लाख गुपचुप

आइतबार, ०८ साउन २०७९, ०७ : ५९
4 Shares

काठमाण्डौं । विदेशस्थित नेपाली दूतावास रहेका पाँच नियोगबाट घरेलु कामदारको सुरक्षाबापत सम्बन्धित रोजगारदाताबाट सङ्कलन गरेको ८ करोड ४९ लाख वित्तीय विवरण लुकाएको पाइएको छ।

ओमान, बहराइन, इजिप्ट र आबुधाबीसमेत ४ नियोगले घरेलु कामदारको रकम कतै समावेश नगरेको भेटिएको महालेखा कार्यालयको प्रतिवेदनले औँल्याएको छ । नेपाली नियोगले विनियोजनतपर्क वर्षान्तमा निकासामध्ये खर्च भई बाँकी रकम तथा राजस्व रकम वर्षान्तमा दाखिला नगरी अर्को आर्थिक वर्षको प्रथम /दोस्रो चौमासिक निकासाबाट मन्त्रालयले कट्टा गरी हिसाब मिलान गरेको देखिएको छ।

 'उपर्युक्त स्थितिमा मन्त्रालय र नियोगले देखाएको खर्च तथा राजस्व भिडान नहुने समस्या रहेको छ,' महालेखाले प्रतिवेदनमा भनिएको छ।-राजधानी दैनिक

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।