५ जेष्ठ २०७९, बिहीबार

May 19, 2022

मंसिर ११,
ग्लोबल आवाज
भैरहवा । निजी स्तरबाट सञ्चालित मेला महोत्सवले आर्थिक तथा सामाजिक क्षेत्रमा सकारात्मक प्रभाक पार्ने एक कार्यक्रमका सहभागिहरुले जोड दिएका छन् । उनीहरुले सरकारले सञ्चालन गर्नुपर्ने महोत्सव नीजि क्षेत्रले सञ्चालन गरे पनि त्यसले सरकारको नीतिलाई सहयोग पु¥याइरहेको बताए । भैरहवाबाट प्रकाशित गौतमबुद्ध सन्देश दैनिक तथा रेडियो रिपब्लिक ८८.२ मेगाहर्जको सञ्चालन संस्था गौतमबुद्ध मिडिया प्रा.लि.ले आयोजना गरेको आर्थिक तथा पर्यटन क्षेत्रमा महोत्सवले पार्ने प्रभाव विषयक अन्तरक्रिया कार्यक्रममा बोल्ने सहभागिहरुले मेलाले आर्थिक गतिविधिलाई चलायमान बनाउने बताए ।

Advertisement

उद्योग व्यापार संगठन रुपन्देही तथा नेपाल चेम्बर अफ कमर्सको आयोजनामा भैरहवास्थित अञ्चलपुरमा मंसिर ३ गतेदेखि सञ्चालित पाँचौ लुम्बिनी पर्यटन प्रबद्र्धन औद्योगिक व्यापार तथा कृषि महोत्सव–२०७६ को सचिवालयमा मंगलबार आयोजित कार्यक्रममा बोल्ने सहभागिहरुले प्रदेश सरकारले मनाइरहेको लुम्बिनी भ्रमण वर्ष र संघीय सरकारले घोषणा गरेको नेपाल भ्रमण वर्षलाई सफल बनाउन महोत्सवले सहयोग पु¥याइरहेको बताए । कार्यक्रममा उद्योग व्यापार संगठन रुपन्देहीका संयोजक तथा मेला मूल आयोजक समितिका संयोजक नारायण प्रसाद भण्डारीले भैरहवाको पहिचान र बजार प्रबद्र्धनमा महोत्सवको भुमिका महत्वपूर्ण रहने बताए । उनले ४ सय स्टलमा स्वयंसेवक, कर्मचारी गरी २ हजार बढीले महोत्सवमा रोजगारी पाएको बताए ।


गौतमबुद्ध मिडिया प्रा.लि.का अध्यक्ष खिम बहादुर खत्रीले महोत्सवले आर्थिक तथा पर्यटन क्षेत्र दुवैलाई चलायमान बनाउने बताए ।मेला मूल आयोजक समितिका सह–संयोजक गिरिषचन्द्र त्रिपाठीले छरिएर रहेको पैसालाई महोत्सवले एकीकृत बनाएको बताए । सह–संयोजक रामचन्द्र रेग्मीले महोत्सवमा दैनिक करौडौं आर्थिक कारोबार हुँदा निश्चय नै यसले आर्थिक क्षेत्रमा राम्रो प्रभाव पारेको बताए । सह–संयोजक दर्पण श्रेष्ठले खेलकुद प्रतियोगितामा सहभागि हुन आउने खेलाडी र दर्शकले निश्चय नै आर्थिक क्षेत्रलाई छुने बताए ।


सचिवालय व्यवस्थापन उपसमिति संयोजक अनिल कुमार ज्ञवालीले महोत्सवमा राखिएका विभिन्न स्टलहरुबाट हुने व्यापारले आर्थिक क्षेत्रलाई चलायमान बनाउने बताए । आर्थिक व्यवस्थापन परिचालन तथा स्पोन्सर व्यवस्थापन उपसमिति संयोजक सचिन रोक्काले स्थानीय उद्योगको प्रबद्र्धन गर्ने कुरामा खासै ध्यान नपुगेको अवस्थामा महोत्वसले स्थानीय उत्पादनमा जोड दिएको बताए । प्रचारप्रसार उपसमिति संयोजक कृष्ण बहादुर गुरुङले पर्यटकीय स्थलको प्रचार हुन नसके त्यो क्षेत्र ओझेलमा पर्ने भएकोले महोत्सवले विभिन्न पर्यटकीय गन्तव्यहरुको प्रचारप्रसार गरेर पर्यटन प्रबद्र्धन गरेको बताए ।


खाना तथा आवास व्यवस्थापन उपसमिति संयोजक गणेश प्रसाद बेल्बासेले महोत्सव विभिन्न उत्पादनको प्रचारप्रसार स्थल समेत बनेको बताए । अतिथि सत्कार व्यवस्थापन उपसमिति संयोजक विन्दु न्यौपानेले महोत्सवले स्थानीय उत्पादनको बजारीकरणमा टेवा पु¥याएको बताइन् । स्थानीय कला संस्कृति तथा व्यवस्थापन उपसमिति संयोजक बाबुराम शर्मा खनालले मेलाले संस्कृतिको संरक्षणमा पनि महत्वपूर्ण भुमिका खेलेको बताए । विज्ञापन उपसमिति संयोजक केशवराज ज्ञवालीले महोत्सवले पर्यटन क्षेत्रको प्रबद्र्धन गरेको बताए । गौतमबुद्ध मिडिया प्रा.लि.का प्रबन्ध निर्देशक माधब न्यौपानेको सञ्चालनमा सम्पन्न कार्यक्रमको उद्देश्यमाथि गौतमबुद्ध सन्देश दैनिकका सम्पादक कुलमणि ज्ञवालीले प्रकाश पारेका थिए । मिडिया प्रा.लि.ले केही वर्ष देखि महोत्सवहरुमा अन्तरक्रिया कार्यक्रम गर्दै आएको पत्रिकाका सह–सम्पादक रबिन्द्र प्रताप गुप्ताले बताए ।

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजार २३ अंकले ओरालाे अहिलेसम्म ५७९ स्थानीय तहको मतगणना सकियो, २९ हजार ३०३ उम्मेदवार निर्वाचित सुस्ता गाउँपालिकाको अध्यक्ष र उपाध्यक्ष कांग्रेसले जित्यो नेपालले दुई खेलअगावै गुमायाे युगान्डाविरूद्धकाे शृंखला सैनामैनामा कांग्रेसका शर्माको अग्रता कायमै ‘ब्युटी प्याजेन्ट’ का नाममा याैन हिंसामा परेकी युवतीको पीडा- बेहोस बनाएर बलात्कार गरेका थिए काठमाडौंमा स्थापितभन्दा बालेन १० हजार बढी मतले अगाडि केन्द्रीय नेताले आफ्नै वडा र पालिका हारे अबदेखि जेठ १० गते नेपाल परराष्ट्र सेवा दिवस मनाइने दुःखीका दुई साक्षत ‘भगवान’ ! कर्णालीका कान्छा मेयर विष्णु भाम भन्छन्- छायाँनाथ रारालाई नमुना पालिका बनाउँछु ५७० पालिकाको सकियो मतगणना, कुन दलले कति पालिका जिते ? पश्चिम नवलपरासीको रामग्राम नगरपालिकाको प्रमुखमा एमालेका गुप्ता निर्वाचित नवलपरासीको प्रतापपुर गाउँपालिकामा नेपाली कांग्रेसका मियाँ विजयी नेपाल टस जितेर बलिङ गर्दै संसद् बैठकमा उपस्थित हुन अर्थमन्त्री शर्मालाई सभामुखको निर्देशन छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा ६ जनाको मृत्यु तीन दिन मनाइने गणतन्त्र दिवस …जहाँ एमालेले लालकिल्ला जोगायो धरानमा स्वतन्त्र उम्मेदवार हर्क साम्पाङ १४० मतले अगाडि