ताजा अपडेट »

देश पुनःआर्थिक संकटतर्फ उन्मुख

शनिबार, २८ जेठ २०७९, ०७ : १०
4 Shares

काठमाडौँ । चालू आर्थिक वर्षको १० महिनामा मात्रै शोधनान्तर स्थिति २ खर्ब ८८ अर्ब ५० करोडले घाटामा गएको छ भने कुल विदेशी विनिमय सञ्चिति ९ अर्ब २८ करोड अमेरिकी डलर मात्र रहेको छ ।

यसरी नेपालबाट विदेशी मुद्रा बाहिरिने बढी र भित्रिने कम हुँदा मुलुकको आर्थिक स्थिति कमजोर अवस्थामा रहेको र विदेशी विनिमय सञ्चिति घट्दै जाँदा दैनिक उपभोग्य सामग्रीसमेत भित्र्याउन आर्थिक समस्या हुने देखिएको छ । जसका कारण मुलुक पुनः आर्थिक संकटतर्फ उन्मुख देखिएको छ ।

नेपाल राष्ट्र बैंकको तथ्यांकअनुसार नेपालको विदेशी मुद्रा सञ्चिति महिनैपिच्छे घट्दै गएको छ ।

गत आर्थिक वर्षको १० महिनामा शोधनान्तर स्थिति ७ अर्ब ७५ करोडले बचतमा रहेको थियो । अमेरिकी डलरमा अघिल्लो वर्षको सोही अवधिमा ५ करोड ५४ लाखले बचतमा रहेको शोधनान्तर स्थिति समीक्षा अवधिमा २ अर्ब ४१ करोडले घाटामा गएको छ ।

गत असार मसान्तमा १३ खर्ब ९९ अर्ब ३ करोडबराबर रहेको कुल विदेशी विनिमय सञ्चिति वैशाख मसान्तमा आइपुग्दा ११ खर्ब ४६ अर्ब ८८ करोड कायम भएको छ । अमेरिकी डलरमा यस्तो सञ्चिति गत असार मसान्तमा ११ अर्ब ७५ करोड रहेकोमा गत वैशाख मसान्तमा २१ प्रतिशत १ प्रतिशतले कमी आई ९ अर्ब २८ करोड कायम भएको छ । यो समाचार आजको राजधानी दैनिकमा छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।