२३ जेष्ठ २०८०, मंगलवार

Jun 6, 2023

Advertisement

मंसिर लागेसँगै मेला–महोत्सव प्रदर्शनीको चहल–पहल सुरु छ । उद्योग,पर्यटन,कृषि , व्यापा,व्यवसाय आदिका नाममा आकर्षक नारा सहित विभिन्न मेला,महोत्सव,प्रदर्शनी हुने गर्दछन् । पहिले बुटवलमा वर्षको एकपटक मात्र औधोगिक व्यापार मेला लाग्ने गर्दथ्यो । सडक डिभिजन कार्यालयको परिसरमा लाग्ने सानो क्षेत्रफलको मेला विस्तारित हँदै बुटवल मण्डपबाट विकसित हुँदै निरन्तरता पाएको छ । मोफसल बाहिर मेला पर्वको शुरुवात, विकास र प्रवद्र्धन गर्ने थलोको रूपमा बुटवल अग्रस्थानरमा पर्दछ । यहाँबाट शुरु भएको औधोगिक व्यापार मेला तथा प्रदर्शनी हाल मुलुकका मुख्य शहरमा मात्र नभई नगरमा आयोजना हुने गरेका छन् । कृषि र घरेलु उद्योगलाई विशेष प्राथमिकतामा राखेर शुरु गरिएको एक अभियान हाल सानादेखि मझौला,ठूला उद्योग,कृषि र प्रविधिको पहिचान, जानकारी र प्रवद्र्धनमा विकास भैरहेका छन् ।

केही वर्ष अघि बुटवल मण्डपमा वर्षको एकपटक मात्र लाग्ने मेला,महोत्सव,प्रदर्शनी लाग्ने गरेतापनि हालसम्म सो स्थानमा विभिन्न किसिमका करिव आधा दर्जन विभिन्न किसिमका मेला महोत्सव लाग्ने गर्दछन् । त्यस्तै रूपन्देही जिल्लामै बुटवलमा मात्र लाग्ने व्यवसायिक मेला/प्रदर्शनी हाल बुटवल । भैरहवा, सैनामैना,तिलोत्तमा,देवदह लगाएतका स्थानमा आयोजना हुने गर्दछन् । रूपन्देही उद्योग संघ र बुटवल उद्योग वाणिज्य संघले मात्र यस्ता किसिमका मेला , महोत्सव,प्रदर्शनी आयोजना गर्न सक्थे भने हाल पछि स्थापना भएका अन्य संघ,संगठन र संस्थाहरूले पनि आयोजना गर्दै आएका छन् । त्यति मात्र नभई विभिन्न समयमा विभिन्न वस्तुगत समितिहरूले पनि विशेष प्रदर्शनी तथा मेला आयोजना गर्दै आएका छन् ।

बुटवल लगाएत यस क्षेत्रमा हुने प्रदर्शनी/मेलामा यस क्षेत्रका उद्योगी लगाएत देशका विभिन्न स्थानबाट आफ्ना उत्पादन तथा सेवाहरू लिएर उद्योगी व्यवसायीले सहभागिता जनाउँदै आएका छन् । मेलामा मुख्यताया कृषि,गार्मेन्ट,खाधान्न लत्ताकपडा लगाएत अटोमोबाइलका सामग्रीहरू बढी उपलब्ध हुने गरेका छन् , वर्षौदेखि निरन्तर प्रदर्शनी र मेला लाग्दै आउँदा अधिकांश् उत्पादन र सामग्रीको प्रदर्शन र बिक्रीले निरन्तरता पाएका छन् । समयको माग र दर्शकको चाहना अनुसार विभिन्न परिवर्तन गर्ने आयोजकको प्रयास रहँदै आएको छ । स्थानीय तथा स्वदेशी उद्योग, व्यवसाय र व्यवसायीको पहिचान र प्रवद्र्धन गर्ने उद्देश्यले विभिन्न नारा र लक्ष्य राखेर विभिन्न शिर्षकमा हुने प्रदर्शनी/मेला/महोत्सव विस्तारितसँगै निरत्रता रहँदै आएको छ ।

तर,यसरी आयोजना हुने प्रदर्शनी तथा मेलामा कति दर्शक सहभागी भए र, कति कारोबार भयो भन्ने सवाल मुख्य रहने गरेको छ । तर, पटक–पटक आयोजना हुने यस्ता महोत्सवले राज्यलाई पार्ने प्रभाव र औद्योगिक विकासका बारेमा भएको परिवर्तलाई विष्लेषण गर्नतर्फ आयोजक, सरकार,उद्योगी एवम् सरोकारवालाको विशेष ध्यानाकर्षण भएको छैन । स्वदेशी तथा राष्ट्रिय उत्पादनलाई प्रोत्साहन गर्ने उद्देश्यले आयोजित महोतसवमा विदेशी उत्पादनको वर्चश्व हुने गरेको छ ।त्यसैगरी सांस्कृतिक स्थानीय कलाकारलाई स्थान दिने कार्यक्रममा छाडा, अश्लिल प्रस्तुती दिने कला र राष्ट्रिय कलाकरको वर्चश्व हुने गर्दछ । अर्कोतर्फ हरेक वर्ष , हरेक पटक आयोजना हुने प्रदर्शन तथा मेलानमा लाखौंको अस्थायी संरचना बनाउँदा करोडौं नोक्सान भएको छ । महोत्सवमा दर्शक तान्नका लागि विभिन्न आयोजकको आकर्षण प्रस्तुत गर्ने होडबाजी नै चलेको छ । त्यस्तै मेलालाई उत्कृष्ट बनाउन विभिन्न संघसंस्थाको प्रतिष्पर्धा नै हुने गरेका छन् ।

मेला,महोत्सव,प्रदर्शनी आयोजना हुनुु आर्थिक, सामाजिक र औधोगिकत तवरले निकै सराहनीय छ । तर, यसरी आयोजना हुने महोत्सवको समिक्षा गरी व्यस्थित र प्रभावकारी बनाउन अत्यावश्यक रहेको छ । कुनै संस्था बिच प्रतिष्पर्धा र दर्शकको उपस्थिति तथा कारोबारको होडबाजीका लागि भन्दा पनि स्थानीय उत्पादन र कलाको प्रवद्र्धन र राष्ट्रिय स्वाधिन अर्थतन्त्रमा टेवा पुग्नेगरी महोत्सव आयोजना गर्नतर्फ सरोकारवालाको अथक प्रयास हुन जरुरी छ । मुलुुक संघीयतामा अघि बढिरहेको बर्तामान अवस्थामा आयोजना हुने मेला,महोत्सव,प्रदर्शनीले स्थानीय प्रदेश हुँदै राष्ट्रिय उत्पादन र आर्थिक वृद्धि दर बढाउने गरी प्रभावकारी भूमिका निभाउनुु पर्दछ । तसर्थ यस सिजनमा लाग्ने मेला/महोत्सव मनोरञ्जन र प्रदर्शनमा मात्र नभई उत्पादन ,आर्थिक विकास र समृद्धिमा केन्द्रित हुनुपर्दछ।

प्रतिकृया दिनुहोस्

Flash News

एमालेले ७० वर्षे उमेरहद हटाउने मधेस सरकारको नीति तथा कार्यक्रम सार्वजनीक खप्तड अब ‘खप्तड विकास कोष’मा परिणत हुनेछ : प्रधानमन्त्री लागूऔषधसहित धनगढीमा एक किशोरी पक्राउ नाबालिका दिदीबहिनीमाथि सामूहिक बलात्कारको प्रयास नवलपरासीमा श्रीमान-श्रीमतिको रहस्यमय मृत्यु पहिलोपटक क्यानाडामा गुञ्जिँदै प्रकाश सपुत प्रथम खप्तड अन्तर्राष्ट्रिय आध्यात्मिक सम्मेलन सुरु, खप्तडको समग्र विकासका लागि पहल गर्छु : प्रधानमन्त्री संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ: केपी ओली संसदमा मात्र होइन व्यवहारमा पनि बजेट पास हुनुपर्छ : केपी ओली सेयर बजार २५.६६ अंकले बढ्यो संसदमा ओलीको प्रश्न- गाँजाको बिउ लिएर बसेको व्यापारी को हो ? करका दरमा व्यापारीको अनुहार देखिन्छ : केपी ओली स्थानीय तहका उपप्रमुख र रूपन्देहीका पत्रकार महिलाबीच अन्तरसंवाद बजेट निर्माणमा मेरो इमान्दारितामा एक इन्च पनि हल्लिएको छैन : अर्थमन्त्री डा. महत ‘अखण्ड भारत’ को नक्सामा नेपाली भूमि समावेश गरिएकोप्रति युवा संघ रुपन्देहीको ध्यानकर्षण रुपन्देहीमा सदस्यता शुद्धिकरण सच्याउन माग गर्दै प्रेस चौतारीले बुझायो ज्ञापनपत्र बजेटमा विचौलिया प्रवेश रोक्न ठूला भ्रष्टाचारीलाई मृत्युदण्ड दिने व्यवस्था गरौँ : प्रेम सुवाल सिंगटी हाइड्रो इनर्जी लिमिटेडकाे साधारणसभा आह्वान कांग्रेसले कोशी प्रदेशमा आफ्नै नेतृत्वमा सरकार बनाउन पहल गर्ने