ताजा अपडेट »

रुपन्देहीमा गठबन्धनबाट जनमोर्चा बाहिरियो

विहीबार, १५ बैशाख २०७९, १४ : ३५
14 Shares

बुटवल। रुपन्देहीमा पाँच दलीय गठबन्धनबाट राष्ट्रिय जनमोर्चा बाहिरिएको छ । कांग्रेस–माओवादीले घात गरेको भन्दै जनमोर्चाले गठबन्धनबाट बाहिरिने निर्णय गरेको हो ।

जनमोर्चाले जिल्लाका १६ वटै पालिकामा आफूहरु गठबन्धनबाट बाहिरिएको जनाएको छ । जनमोर्चाले १६ वटा स्थानीय तहमा आफूहरुले ८१ जना उम्मेदवार उठाएको जनाएको छ । ‘सबै स्थानीय तहमा उम्मेदवारी सजिलै दिनसक्ने सम्भावना थियो, हाम्रो इमान्दारिताको कांगे्रस र माओवादीले फाइदा लिंदा सबै ठाउंमा उम्मेदवारी दिन समय पुगेन’, जनमोर्चाका रुपन्देही सचिव टानबहादुर केसीले बताए ।

सैनामैना नगरपालिकामा बिहान सहमति भएपनि दिउँसो उम्मेदवारी दिन जानेबेला मिलाउन सकिएन भन्दै कांगे्रस र माओवादीले बेइमानी गरेको जनमोर्चाको आरोप छ । तालमेल नहुँदा गठबन्धनलाई नै घाटा हुने राष्ट्रिय जनमोर्चाका रुपन्देही अध्यक्ष तथा प्रदेश उपाध्यक्ष बद्री आलमको तर्क छ । जिल्लाका ११ स्थानीय तहमा आफ्नो संगठन मजबुत रहेको जनमोर्चाको दाबी छ ।

जनमोर्चाबाहेक गठबन्धनमा कायम रहेका दलबीच पनि द्वन्द्व छ । राष्ट्रिय जनमोर्चाले बुटवल उपमहानगरपालिको प्रमुखमा कृष्णप्रसाद पोखरेल र उपप्रमुखमा रेनुसिंह क्षेत्रीलाई उठाएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।