ताजा अपडेट »

टिकट वितरणमा असन्तुष्टि जनाउँदै कांग्रेस तुलसीपुर-११ का नेताद्वारा सामूहिक राजीनामा

विहीबार, १५ बैशाख २०७९, १२ : ५६
6 Shares

दाङ। दाङमा टिकट वितरणमा असन्तुष्टि जनाउँदै नेपाली कांग्रेस तुलसीपुर ११ का नेताहरुले सामूहिक राजीनामा दिएका छन् । विहीवार बेलटाकुरामा भेला गर्दै वडा तहका नेताहरु र क्रियासिल सदस्यहरुले सदस्यता त्याग गरेर क्षेत्र नम्बर ३ लाई राजीनामा दिने तयारी गरेका छन् ।

एक सय बढि जनाको हस्ताक्षरसहित बुझाउने एक नेताले जानकारी दिएका छन् । सदस्यता त्याग गर्नेमा कांग्रेसका नेता डिल्लीबहादुर बस्नेत, बोधिलाल भण्डारी, गोर्वधन शर्मा, अजुन बहादुर केसी, भक्त बहादुर केसी, ओविर चन्दलगायतका रहेका छन् ।

११ नम्बर वडामा खिमबहादुर वलीले टिकट पाएसँगै असन्तुष्ट थिए । टिकट वितरणमा अन्याय भएको भन्दै नेता अर्जुनबहादुर केसीले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता समेत गरेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।