ताजा अपडेट »

बुटवलको सुनचाँदी पसलबाट २ किलो २४ तोला सुनसहित नगद ५ लाख चोरी

मंगलबार, १३ बैशाख २०७९, १६ : ४८
4 Shares

बुटवल । बुटवलको एक सुनचाँदी पसलमा चोरी भएको छ । गयराति बुटवल उपमहानगरपालिका–६ स्थित बि.पि.चोक स्थित कोटेश्वर गुल्मेली मजुवा सुनचाँदी पसलमा चोरी भएको हो ।

जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रवक्ता नवरत्न पौडेलले २ किलो सुनका गहना, २४ तोला काँचो सुन र नगद ५ लाख चोरी भएको बताए । लुटेराले पसलमा तोडफोड गर्नका लागि वल्डिङ्ग मेसिन प्रयोग गरेका थिए । पसलका सञ्चालक डिलबहादुर सुनारका अनुसार घर भाडामा लिएर योजनाबद्ध रुपमा चोरी भएको बताए ।

चोरी गर्ने व्यक्ति सिसिटिभि फुटेजमा स्पष्ट रुपमा देखिएका छन् । यता जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रवक्ता पौडेलले घटनाका बारेमा सुक्ष्म रुपमा अनुसन्धान भइरहेको बताए । साथै चोरी गर्ने व्यक्ति छिट्टै नै पक्राउ गरिने बताए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।