ताजा अपडेट »

यस्ता छन् बुटवल उप-प्रमुखमा उम्मेद्वारी दिएकी २५ वर्षीया पाण्डेका योजना

मंगलबार, १३ बैशाख २०७९, १६ : १९
6 Shares

बुटवल । राजेन्द्र लिंगदेन नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी बुटवल कमिटिले पनि बुटवल उपमहानगर प्रमखु र उपप्रमुखमा उम्मेद्वारी दर्ता गरेको छ । पार्टीले बुटवलमा मिर्गेन्द्र शेरचनलाई प्रमुख र २५ वर्षीया भगवती पाण्डेलाई उपप्रमुखमा अगाडि सारेको छ । सोमबार बुटवल उपमहानगरस्थित निर्वाचन आयोगमा उम्मेद्वारी दर्ता गराएसँगै २५ वर्षीया भगवती चर्चामा आएकी छन् ।

ठूला स्थापित दल र पुराना अनुहारहरु माझ चर्चामा आउँदै गरेको पार्टी र युवा उम्मेदवारीले धेरैले पाण्डेप्रति चासो राखेका छन् । निर्वाचनका लागि औपचारिक सुरुवतासँगै प्रतिष्पर्धामा अगाडि बढेकी पाण्डेले आफ्ना केहि योजनाहरु (घोषणा पत्र) सार्वजनिक गरेकी छन् ।

यस्ता छन् पाण्डेका योजना :
–वास्तविक सुकुम्बासी समस्याको ठोस समाधान गर्ने ।
–बुटवललाई भ्रष्टाचारमुक्त बनाउने अभियानका साथ शिघ्र सफल बनाउने साथै सबै कार्यालयमा सिसिटिभिी जडान गर्ने ।
–कर तथा व्यवसाय दर्ता अनलाइन पद्धतिबाट व्यवस्था गर्ने ।
–७० वर्ष भन्दा माथिका वृद्ध–वृद्धालाई घर–घरमै स्वास्थ्य सेवा प्रदान गर्ने ।
–ज्येष्ठ नागरिकलाई निःशुल्क धार्मिक यात्राको व्यवस्था गर्ने ।
–सम्पूर्ण सार्वजनिक स्थलमा सिसिटभि जडान गर्ने ।
–पहिरो , बाढी नियन्त्रण र चूरे संरक्षणमा विशेष प्राथमिकताका साथ योजना कार्यान्वयन गर्ने ।
–बुटवलमा जटिल समस्याका रुपमा देखिएको पार्किङ समस्या समाधानका लागि व्यवस्थित पार्किङ निर्माण गर्ने ।
– जन्म दर्ता प्रमाण पत्र र मृत्यु प्रमाण पत्र निःशुल्क तथा घरमै पुर्याउने ।
– सामुदायिक विद्यालयमा कक्षा १२सम्म निःशुल्क शिक्षा
–युवाहरुलाई सीपमूलक तालिम र रोजगार सिर्जना गरी स्थानीय स्तरमै व्यवस्थापन गर्ने ।
– सुत्केरी महिलालाई मासिक ३ हजारका दरले ३ महिनासम्म भत्ता प्रदान गर्ने, आदि ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।