ताजा अपडेट »

श्रीलंकामा आपतकाल घोषणा

शनिबार, १९ चैत्र २०७८, ०७ : ०८
12 Shares
शनिबार, १९ चैत्र २०७८
12 Shares


कोलम्बो । श्रीलंकामा आपतकाल घोषणा गरिएको छ । आर्थिक संकटको विरोधमा सयौँ प्रदर्शनकारी राष्ट्रपतिको निवासतर्फ बढेको भोलिपल्ट सरकारले आपतकाल घोषणा गरेको हो । आपतकालसँगै सुरक्षा फौजलाई असिमित शक्ति प्रदान गरिएको छ ।  

राष्ट्रपति गोटाबाया राजापाक्षेले  संदिग्धहरूलाई बिना कुनै मुद्दा चलाउन र हिरासतमा राख्न अनुमति दिने कडा कानूनको आह्वान गरेका छन् । राष्ट्रपतिको राजीनामा माग गर्दै प्रदर्शन भएपछि पछिल्ला घटनाक्रम विकसित भएका हुन् । 

‘सार्वजनिक व्यवस्थाको संरक्षण र समुदायको जीवनका लागि अत्यावश्यक आपूर्तिका लागि आपतकाल घोषणा गरिएको’ उनले एक घोषणामा भनेका छन् ।
सरकारले राजधानी कोलम्बोसहित पश्चिम प्रान्तमा शुक्रबार राती कफ्र्यू लगाएको थियो । 

२ करोड २० लाख जनसंख्या भएको श्रीलंकाले सन् १९४८ मा बेलायतबाट स्वतन्त्र भएपछि पहिलो पटक ठूलो मन्दी सामना गरेको छ । मूल्य बृद्धि आकाशिएको छ भने दैनिक १० घन्टाभन्दा बढी लोडसेडिङ भएको छ । कागजको अभावमा परीक्षाहरु नै स्थगित गरिएका छन् ।- एजेन्सी
 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।