ताजा अपडेट »

बुटवलको एक चर्चमा बालकको संकास्पद मृत्युपछि छानबिनकाे माग

आइतबार, ०४ पुस २०७८, १० : ३४
8 Shares

बुटवल । बुटवल उपमहानगरपालिका–११, बुद्धनगरस्थित एक चर्चमा ९ वर्षीय बालकको मृत्युु भएपछि स्थानीयले छानबिनको माग गरेका छन् । शनिबार ९ वर्षका बालक आरएस खड्गीले झुण्डिएर आत्महत्या गरेको विषयमा घटना रहस्यमय र शंकास्पद भन्दै छानविनको माग गरेको स्थानीय हिरामणी न्यौपानेले बताए ।

शनिबार मध्यान्नको समयमा बालकले आत्महत्या प्रयास गरेपछि तत्कालै उद्धारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा लगिएको थियो । परिवारले भने बालकको मृत्यु भइसकेपछि दिउँसो २ बजे मात्रै प्रहरीलाई खबर गरेको थियो ।

बुद्धनगरस्थित स्थानीय राजेन्द्र गौतमको घर भाडामा लिई सञ्चालन गरिरहेको चर्चमा बालकका बुबा रजत खड्गीले ध्यान गरिरहेको समयमा बालकले आत्महत्या प्रयास गरेका थिए । घटनाबारे थप अनुसन्धान जारी रहेको बताउँदै इलाका प्रहरी कार्यालय बुटवलले शवको पोस्टमार्टमपछि थप जानकारी प्राप्त हुने बताएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।