७ आश्विन २०८०, आईतवार

Sep 24, 2023

कर्णाली । वीरेन्द्रनगरस्थित खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको प्रादेशिक गोदाममा रहेको बास्मती चामल ‘खानयोग्य’ रहेको पुष्टि भएको छ । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय नेपालगञ्जको प्रयोगशालामा गरिएको परीक्षणमा उक्त चामलमा कुनै कैफियत नरहेको पुष्टि भएको छ ।

काठमाडौँ थापाथलीस्थित कम्पनीको गोदामबाट कुहिएको चामललाई ‘रि–पोलिसिङ’ गरीसुर्खेत पठाइएको भन्ने सूचना आएपछि संयुक्त अनुगमन टोलीले यही असोज ६ गते नमूना सङ्कलन गर्नुका साथै बिक्रीवितरणमा प्रतिबन्धलगाएको थियो । खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय सुर्खेतको नेतृत्वमा जिल्ला प्रशासन, उपभोक्ता अधिकार मञ्चलगायत सरोकारवाला निकायको संयुक्त अनुगमन टोलीले प्रादेशिक गोदाममा रहेको एक हजार ९७५ क्विन्टल बास्मती चामल बिक्री वितरणमा प्रतिबन्ध लगाएको थियो ।

सरकारी स्वामित्वको खाद्य कम्पनी लिमिटेडले आफ्ना डिपोमार्फत दुर्गम जिल्लाका लागि सहुलियत मूल्यमा चामल, दाल बिक्रीवितरण गर्ने गर्दछ । कम्पनीको प्रादेशिक कार्यालय सुर्खेतका लेखा सहायक विनोद पौडेलले आजदेखि उक्त चामलको बिक्रीवितरण सुरु भएको जानकारी दिए । उनका अनुसार खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालयले शुक्रबार बिक्री प्रतिबन्ध फुकुवा गरेको थियो । -रासस

Advertisement

प्रतिकृया दिनुहोस्

Flash News

‘सिद्धार्थ चेम्बर अफ कमर्श पत्रकारिता पुरस्कार’बाट गुप्ता सम्मानित विषादीयुक्त केमिकलबाट स्थानीय बासीको स्वास्थ्यमा समस्या भएको भन्दै उद्योग बन्द गर्न माग लुम्बिनी प्रादेशिक अस्पतालमा बाल तथा महिला प्रसुतीका लागि छुट्टै काउन्टरको सुरुवात बुटवल आएर एआईजी भण्डारीको निर्देशन : भ्रष्टाचार शुन्य सहनशिलतामा काम गर्नुस् बुटवल गाेलपार्कको दुर्गा मन्दिरमा सन्ध्याकालिन महाआरती हुने बुटवलको देवीनगरमा गणपति मिष्ठान्नको ‘फ्रेन्चाइज’ बुटवलमा ईस्लाम धर्मालम्विहरुको धर्मगुरु पैगम्बरको १४९८ औं जन्मोत्सव विविध कार्यक्रम गरि मनाइँदै लागुऔषधसहित एकजना पक्राउ ‘अपराधको शैली परिवर्तन हुँदै जाँदा अनुसन्धान तथा नियन्त्रण थप चुनौतिपूर्ण बन्दै’ बलात्कार आराेपमा एकजना पक्राउ खुकुरी प्रहार गरी हत्या गरेको आराेपमा एकजना पक्राउ जुवातास खेलिरहेको अवस्थामा पाँचजना पक्राउ एयर गनसहित एकजना पक्राउ गाईको चित्रअंकित ‘मेडालियन सिक्का’ सार्वजनिक जसपाको कोशी प्रदेश समिति पुनर्गठन, पदाधिकारीमा को को परे ? चिलिमे-त्रिशुली २२० केभी प्रसारण लाइन पुषभित्र सक्ने समयसीमा नेपाल–चीन व्यवसाय परिषद् स्थापना गर्न नेपाल उद्योग परिसंघ र सीसीपीआईटीबीच समझदारी प्रधानसेनापति शर्मा भारत प्रस्थान टिकटक स्टार ‘मुन’को सम्झानामा युवा वर्गलाई सदेश मुलक गीत (भिडियोसहित) भष्ट्रचारको थप सुचना ओलीज्यूले नै दिनुहुन्छ: बराल