ताजा अपडेट »

१६ वर्षीया किशोरी बनिन् गाउँपालिका अध्यक्ष !

मंगलबार, २९ भदौ २०७८, १४ : ४९
8 Shares

काठमाडौँ । मोरङको बुढीगंगा गाउँपालिकाकी १६ वर्षीया एक बालिका एक दिनका लागि बुढीगंगा गाउँपालिकाको अध्यक्ष बनेकी छन् । उनलाई ५७ औँ राष्ट्रिय बाल दिवसको सन्दर्भ पारेर १६ वर्षीया सुस्मिता ऋषिदेवलाई गाउँपालिका प्रमुख बनाइने भएको हो।

आर्थिक र प्रशासनिकबाहेक गाउँपालिका प्रमुखले गर्ने सबै काम उनले गर्नेछिन् । बालअधिकारको वकालत र नीति निर्माण प्रक्रियामा बाल सहभागिताको सुनिश्चितताको लागि सांकेतिक रूपमा मोरङको बूढीगंगा गाउँपालिकामा एक बालिकालाई ‘एक दिने अध्यक्ष’ बनाएर अभ्यास गरिएको हो ।

गाउँपालिकाको नेतृत्वमा एक दिन सांकेतिक अध्यक्ष बालिका बनाइएको गाउँपालिकाले जनाएको छ । गाउँ कार्यपालिकाको सोमबार बसेको बैठकले राष्ट्रिय बालदिवसका दिन गाउँपालिकाभित्र बसोबास गर्ने एक बालिकालाई आर्थिक र प्रशासनिक अधिकारबाहेक सांकेतिक रूपमा गाउँपालिकाको अध्यक्ष बनाउने निर्णय गरेको थियो।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।