ताजा अपडेट »

अफगानी अन्तरिम प्रधानमन्त्री अखुंदको पछिल्लो तस्बीर सार्बजनिक

मंगलबार, २९ भदौ २०७८, ०६ : २२
12 Shares

काठमाडौँ । अफगानिस्तानमा तालिबान सरकारका अन्तरिम प्रधानमन्त्री मुल्ला हसन अखुंदको पछिल्लो तस्बीर सार्बजनिक भएको छ ।कतारको दोहोमा रहेको तालिबानको कार्यालयका प्रवक्ता डा. मोहमद नइमले अखुंदको पछिल्लो तस्वीर सामाजिक सञ्जालबाट सार्बजनिक गरेका हुन् ।

उनले सामाजिक सञ्जालमा इस्लामिक अमीरात अफगानिस्तानक  प्रधानमन्त्री अखुंद भन्दै तस्वीर सार्बजनिक गरेका छन् । अखुंदको पछिल्लो धेरै बर्षसम्म कुनै तस्बीर सार्बजनिक भएको थिएन ।

यस अघि उनको १९९९ मा अफगानिस्तानको विदेशमन्त्रीको रुपमा पाकिस्तानको भ्रमणमा गएको तस्वीर सार्बजनिक भएको थियो । त्यति बेला उनले पाकिस्तानक तत्कालिन प्रधानमन्त्री नवाज शरीफसँग भेट गरेका थिए । अखुंदको सो मात्र पछिल्लो तस्बीर सार्बजनिक भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।