ताजा अपडेट »

सिआइबीको इन्स्पेक्टर भन्दै धम्की दिँदै हिड्ने रोकाय पक्राउ

आइतबार, २० भदौ २०७८, १४ : ३१
4 Shares

नेपालगन्ज । इलाका प्रहरी कार्यालय कोहलपुरले आफुलाई प्रहरी निरीक्षक ( इन्स्पेक्टर) हु भन्दै सर्बसाधारणलाई धम्क्याउदै हिड्ने एक जनालाई पक्राउ गरेको छ।

कोहलपुर ११ बसपार्क एरियामा गएराती १० बजे आफुलाई सिआइबीको इन्स्पेक्टर हु भन्दै धम्क्याउदै हिंडेका दार्माकोट २ सल्यानका ३२ बर्षीय दिपेन्द्र रोकायलाई गएराती पक्राउ गरेको कोहलपुरका डिएसपी रबिन्द्र खनालले जानकारी दिएका छन् ।

पक्राउ परेका रोकायले इन्स्पेक्टर हु भनेर स्थानीय,होटेल तथा पसलहरुमा गएर धम्की दिदै हिंडेको अवस्थामा पक्राउ गरेको डिएसपी खनालले बताए। पक्राउ परेका रोकायसंग थप अनुसन्धान गरिरहेको खनालले जानकारी दिएका छन् ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।