१४ मंसिर २०७९, बुधबार

Nov 30, 2022

झापा । विर्तामोड नगरपालिकामा सडकमा जथाभावी थुपारिएको फोहर उठाउन सुरु गरिएको छ । नगरपालिकालाई चौतर्फी दबाब परेपछि तत्काल फोहर विर्सन गर्ने अस्थायी स्थानको टुङ्गो लगाएर व्यवस्थापन सुरु गरिएको नगरपालिकाका प्रवक्ता अग्नि पाण्डेले बताए । “दीर्घकालीन फोहर व्यवस्थापन गर्ने स्थानको खोजी भइरहेको छ”, उनले भने, “तत्काल सडकमा थुप्रिएको फोहर विर्सजनका लागि नगरप्रमुख धुर्व शिवाकोटीले वडा नं ७ मा रहेको आफ्नै निजी जग्गा प्रदान गरेका छन्, अब त्यही फोहर फालिन्छ ।”

Advertisement

विर्तामोडमा जथाभावी फालिएको फोहर नउठेर दुर्गन्ध फैलिन थालेपछि चारवर्षमा पनि ल्याण्डफिल्ड साइट व्यवस्था गर्न नसकेको भन्दै जनप्रतिनिधिको चौतर्फी आलोचना सुरु भएको थियो । नगरप्रमुखले आपत्कालीन समस्या समाधानका लागि जग्गा उपलब्ध गराएपछि केही समयलाई ढुक्क भएको प्रवक्ता पाण्डेले बताए । विर्तामोडमा थुप्रिएको फोहर उठाउन दैनिक पाँच ट्याक्टर प्रयोग गरिरहेको फोहर व्यवस्थापनको ठेक्का लिएको काठमाडौँको निराकर सरसफाइ सेवा प्रालिका फिल्ड मेनेजर रवीन भट्टराईले बताए ।

उनले तीन वर्षका लागि फोहरमैला व्यवस्थापनको जिम्मा लिए पनि नगरपालिकाले ल्याण्डफिल्ड साइटको व्यवस्था नगरिदिँदा काम गर्न समस्या भइरहेको बताए । नगरपालिकाले सर्वदलीय भेलाबाट नै ल्याण्डफिल्ड साइटको व्यवस्थापनका लागि बिर्तामोड वडा नं ४ का वडाध्यक्ष कुलप्रसाद सङ्ग्रौलाको संयोजकत्वमा फोहरमैला विर्सजनस्थल अध्ययन तथा छनोट समिति बनाएको छ ।

प्रवक्ता पाण्डेले समितिले तीव्र रुपमा जग्गाको खोजी गरिरहेकाले १५ दिनभित्रमा दीर्घकालीन ल्याडफिल्ड साइटको व्यवस्था भइसक्ने जानकारी दिए । ठेकेदार कम्पनीले यसअघि पूर्वपश्चिम राजमार्ग आसपास, डोमालाल रङ्गलाशाको पछाडि र देउनियाँ खोला किनारमा फोहरमैला खाल्डो खनेर पुर्दै आएको थियो । लगातार परेको वर्षाका कारण खाल्डो खन्दा पानी निस्केर फोहर पुर्न नसक्दा दुई हप्तादेखि फोहरमैला सडक किनारमै थुप्रिएको थियो । -रासस

प्रतिकृया दिनुहोस्

Flash News

अब उनले मेरो फोन कहिल्यई उठाउने छैनन् ! सम्पादक कंडेलको स्मृतीमा दीप प्रज्वलन कांग्रेसमा संसदीय दलको नेता छान्न चुनाव हुने संकेत, गगन र विश्वप्रकाश अघि बढे रोटरीले बुटवलमा भित्र्यायो ग्लोबल ग्रान्टअन्तर्गत १० करोडका प्रोजेक्ट तिलोत्तमामा औधोगिक ब्यापार मेलाको तयारी पूरा, ३ सय स्टल सहभागी हुँदै विकासका कामहरुमा राजनीतिक रँग नदिन छत्रकाेट गाउँपालिकाका अध्यक्ष पाण्डेकाे आग्रह गृहमन्त्री खाणकै गृहजिल्ला रुपन्देहीमा कांग्रेस शुन्य, कार्यकर्ता असन्तुष्ट समानुपातिकतर्फ कसको कति मत ? भ्रष्टाचार आराेपमा दाङका तत्कालिन प्रमुख डिभिजनल इन्जिनियर विरुद्ध मुद्दा दायर स्याङ्जा २ र बाजुरामा पुनः मतदान नहुने, गणना सुरु गर्न आयोगको निर्देशन लुम्बिनीका कर्मचारी आन्दोलित : बुटवलबाट रातारात कुम्लो पारेर राजधानी सार्न हुँदैन कर्णाली सरकार गठनका लागि शक्ति केन्द्र धाउँदै नेताहरु अतिक्रमण गरेर बनाइएका संरचना ३५ दिनभित्र हटाऊ : उपत्यका विकास प्राधिकरण पोलियो खोपको तयारीमा रहेकाे प्रहरी ट्रकमा आत्मघाती हमला, ३ जनाको मृत्यु प्रत्यक्षतर्फ महिला निर्वाचित नहुँदा सुदूरपश्चिममा समानुपातिक कोटाबाट संसद छिर्न चाहने पुरुषलाई समस्या १६५ निर्वाचन क्षेत्रमा १६१ को अन्तिम नतिजा सार्वजनिक, हेर्नुहोस कहाँ कसले जिते ? स्याङ्जामा सुन्तला उत्पादन वृद्धि भएपछि किसान उत्साहित अरबाज खान र जर्जियाको ब्रेकअप सोलुखुम्बुका एक हजार परिवार बिजुलीविहीन चीनको आणविक हतियार सन् २०३५ सम्ममा तीन गुणा बढी: अमेरिका