ताजा अपडेट »

लुम्बिनीमा मन्त्रालय बढाएर १३ पुर्याइयो, कुन-कुन थपिए ?

आइतबार, १३ भदौ २०७८, १९ : २२
14 Shares
आइतबार, १३ भदौ २०७८
14 Shares

बुटवल । लुम्बिनी प्रदेशमा मन्त्रालयको संख्या १३ पुर्याइएको छ । आज बसेको प्रदेश मन्त्रीपरिषद्को बैठकले मन्त्रालय बिस्तार गरि १३ पुर्याइएको हो । प्रदेश सरकारका प्रवक्ता कृष्णध्वज खड्काले मन्त्रालय विस्तार गरि मुख्यमन्त्री कार्यालयसहित १३ वटा बनाईएको जानकारी दिए ।

लुम्बिनीका तत्कालीन मुख्यमन्त्री शंकर पोखरेलले १० वटा सम्म मन्त्रालय बनाएकोले खर्च बढाएको अपजश बोकेपनि मुख्यमन्त्री कुलप्रसाद केसीले भने त्यसलाई बढाएर १३ पुर्याएका हुन् ।

अब लुम्बिनीमा मुख्यमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय, आर्थिक मामिला तथा सहकारी मन्त्रालय, आन्तरीक मामिला तथा सञ्चार मन्त्रालय, उद्योग बाणिज्य तथा आपूर्ति मन्त्रालय, उर्जा जलस्रोत तथा सिचाई मन्त्रालय, कानुन महिला बालबालिका तथा जेष्ठ नागरिक मन्त्रालय, कृषि खाद्य प्रविधि तथा भूमि व्यवस्था मन्त्रालय बनेका छन् ।

यस्तै, पर्यटन ग्रामीण तथा सहरी विकास मन्त्रालय, भौतिक पूर्वाधार विकास मन्त्रालय, बन बातावरण तथा भू संरक्षण मन्त्रालय, शिक्षा बिज्ञान युवा तथा खेलकुद मन्त्रालय, श्रम रोजगार तथा यातायात व्यवस्था मन्त्रालय र स्वास्थ्य जनसंख्या तथा परिवार कमल्याण मन्त्रालय बनोका छन्।

लुम्बिनीमा गठबन्धनको सरकारमा ३ जना बिना बिभागिय मन्त्री छन् भने अझै बिस्तार हुने क्रम पनि जारी रहेको छ । मन्त्रालय बिस्तार संगै मन्त्रीमण्डल पनि बिस्तारको तयारी रहेको सरकारका प्रवक्ता खड्काले जानकारी दिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।