ताजा अपडेट »

तिलोत्तमाका १७ सहित रुपन्देहीमा थपिए ५३ संक्रमित

विहीबार, १० भदौ २०७८, १७ : ३९
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५३ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा १७८ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ५४ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा तिलोत्तमा नगरपालिकामा १७ जना, बुटवल उपमहानगरपालिकाका १६ जना, सैनमैना नगरपालिकामा ४ जना, सियारी गाउँपालिकामा २ जना, गैडहवा गाउँपालिका, कञ्चन गाउँपालिका, ओमसतिया गाउँपालिका र सिद्धार्थनगर नगरपालिकामा १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा एक जना कोरोना संक्रमितको मृत्यु भएकोे स्वास्थ्य कार्यालयले जनाएको छ । हालसम्म जिल्लामा ५२६ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४१६ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।