ताजा अपडेट »

प्रदेश-१ को मुख्यमन्त्रीमा आचार्यले लिए शपथ

विहीबार, १० भदौ २०७८, १३ : २९

काठमाडौँ । प्रदेश १ का नवनियुक्त मुख्यमन्त्री भीम आचार्यले पद तथा गोपनियताको शपथ लिएका छन्। प्रदेश प्रमुख सोमनाथ अधिकारी प्यासीले उनलाई मुख्यमन्त्रीको रूपमा शपथ खुवाएका हुन्।

बिहीबार बिहान बसेको एमाले संसदीय दलको बैठकले आचार्यलाई सर्वसम्मतले संसदीय दलको नेतामा चयन गरेको थियो । आचार्यले प्रदेश सभाको बहुमत प्राप्त संसदीय दलको नेताको हैसियतमा धारा १६८(१) बमोजिम मुख्यमन्त्रीको रुपमा सपथ लिएका हुन्। 

आजै शेरधन राईले प्रदेश प्रमुखलाई राजीनामा पत्र बुझाएका थिए । उनकै प्रस्तावमा आचार्य संसदीय दलको नेता र मुख्यमन्त्री बनेका हुन् । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।