ताजा अपडेट »

तालिबानको अर्थव्यवस्था र अफिमबीच के छ सम्बन्ध ?

विहीबार, १० भदौ २०७८, ०९ : २०
24 Shares

अफगानिस्तानमा आफ्नो पछिल्लो शासनका बेला अफिमको खेतीमाथि पूर्ण रुपमा प्रतिबन्ध लगाएका कारण गैर कानूनी ड्रग्सको कारोबार रोकिएको तालिबानले दाबी गरेको छ ।सन् २००१ मा अफिमको उत्पादनमा कमी पक्कै पनि देखिएको थियो तर पछिल्ला वर्षमा तालिबान नियन्त्रित इलाकामा अफिमको खेती बढेको देखिएको थियो ।

अफगानिस्तानमा कति अफिम छ ?

अफिसमलाई यसरी परिष्कृत गरिन्छ कि त्यसमार्फत् असाध्यै नशा दिने हिरोइनजस्तो ड्रग्स तयार हुन्छ । यूनाइटेड नेसन्स अफिस अन ड्रग्स एण्ड क्राइम्स (यूएनओडीसी) का अनुसार अफिमको सबैभन्दा ठूलो उत्पादक देश अफगानिस्तान हो । संसारभरी अफिमको कूल उत्पादनको ८० प्रतिशतभन्दा बढी हिस्सा अफगानिस्तानमा हुन्छ ।

सन् २०१८ मा यूएनओडीसीको आँकलन अनुसार अफगानिस्तानको कूल अर्थव्यवस्थामा ११ प्रतिशतको हिस्सेदारी अफिम उत्पादनको थियो ।

अफिममाथि तालिबानले के भनेको छ ?

अफगानिस्तानमाथि नियन्त्रण हासिल गरेपछि तालिबानका प्रवक्ता जबिहुल्लाह मुजाहिदले भने, ‘जब हाम्रो सरकार रह्यो तब ड्रग्सको उत्पादन भएको थिएन । हामी एकपटक पुनः अफिमको खेतीलाई शून्यमा झार्नेछौं । कुनै तस्करी हुनेछैन ।’

तालिबानको रेकर्ड के छ ?

अमेरिकी विदेश मन्त्रालयका अनुसार तालिबानको शासनमा अफिमको खेती बढेको छ । यो सन् १९९८ को ४१ हजार हेक्टरबाट सन् २००० मा ६४ हजार हेक्टरसम्म पुगेको थियो ।

संसारको कूल अफिम उत्पादनको करिब ३९ प्रतिशत हिस्सा हेलमन्द प्रान्तमा हुन्छ र यो प्रान्तका अधिकांश हिस्सामा तालिबानको नियन्त्रण रहेको छ ।

तर जुलाई सन् २००० मा तालिबानले आफ्नो नियन्त्रण भएको हिस्सामा अफिमको खेतीमा प्रतिबन्ध लगाएको थियो । मे सन् २००१ को एक यूएन रिपोर्टका अनुसार तालिबान नियन्त्रित इलाकामा अफिमको उत्पादनमाथि लागेको प्रतिबन्ध पूर्णरुपमा सफल रह्यो । तालिबानको प्रतिबन्धका बेला सन् २००१ र सन् २००२ मा अन्तर्राष्टिय स्तरमा अफिम र हेरोइन समातिने मामिलामा पनि कमी देखिएको थियो ।

यद्यपि, त्यसपछिको स्थितिमा निकै परिवर्तन देखियो । पछिल्लो सरकारको तर्फबाट नियन्त्रित खेती पछि यो स्पष्ट छ कि अधिकांश अफिम तालिबान नियन्त्रित इलाकामा उत्पादन भइरहेको थियो । उदाहरणका लागि हेलमन्द दक्षिणी अफगानिस्तानको प्रान्त हो । यसको अधिकांश जमिनमा सन् २०२० मा अफिमको खेती भइरहेको थियो, त्यो पनि त्यतिबेला जब त्यहाँ तालिबानको नियन्त्रण थियो ।

अफिमबाट तालिबानको आम्दानी ?

अफगानिस्तानमा अफिमको खेती रोजगारको सबैभन्दा महत्वपूर्ण माध्यम हो । यूएनओडीसीको अफगानिस्तानको अफिम सर्वेका अनुसार करिब एक लाख २० हजार मानिसहरु यसमा निर्भर थिए । अमेरिकी विदेश विभागका अनुसार तालिबानको अफिममाथि कर लगाउँदा आम्दानी हुन्छ र यसबाहेक गैरकानूनी ढङ्गले अफिम राख्दा र त्यसको तस्करी गर्दा पनि अप्रत्यक्ष रुपमा आम्दानी हुन्छ । अफिम फलाउने किसानबाट १० प्रतिशत कर लिइन्छ ।

अफिमबाट हेरोइन बनाउने प्रोसेसिङ ल्याबबाट पनि कर लिइन्छ र यसका व्यवसायीले पनि कर चुकाउँछन् । एक आँकलनका अनुसार गैरकानूनी ढङ्गले यो ड्रग्सको कारोबारबाट तालिबानले कम्तीमा १०० देखि ४०० मिलियन डलर बीचको वार्षिक आम्दानी हुन्छ । अमेरिकी वाचडग स्पेशन इन्सपेक्टर जनरल अफ अगगान रिकन्स्ट्रक्शनका अनुसार तालिबानको वार्षिक आम्दानीमा ६० प्रतिशत हिस्सा गैरकानूनी ड्रग्स कारोबारबाट आउँछ ।

ड्रग्सको प्रयोग कहाँ हुन्छ ?

अफगानिस्तानमा उत्पादन हुने अफिमबाट जुन हिरोइन बनाइन्छ त्यसको ९५ प्रतिशत हिस्सा यूरोपमा प्रयोग हुन्छ । अमेरिकी ड्रग इन्फोर्समेन्ट एजेन्सीका अनुसार अमेरिकामा हिरोइन आपूर्तिको एक प्रतिशत हिस्सा अफगानिस्तानबाट आउँछ । यहाँ मेक्सिकोबाट धेरै हिरोइन आपूर्ति हुन्छ ।

सन् २०१७ देखि २०२० को बीचमा ९० प्रतिशतभन्दा बढी नशालु पदार्थको तस्करी स्थलमार्गबाट भएको छ । तर हालैका दिनमा हिन्द महासागर र यूरोपबीच समुद्री मार्गको बाटोमा धेरै ड्रग्स जफत गरिँदैछ । अफिमको खेती, उत्पादन र जफत गरिने मामिलाई यदि ग्राफमा हेर्ने हो भने दुई दशकमा अफगानिस्तानमा यो लगातार बढिरहेको देख्न सकिन्छ ।

अमेरिकी वाचडग स्पेशन इन्स्पेक्टर जनरल फर अफगान रिकन्स्ट्रक्सनका अनुसार अफिमलाई जफत गरिँदा र तस्करलाई पक्राउ गरिँदा यसको खेतीमा कुनै असर पर्दैन । बीबीसी

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।