ताजा अपडेट »

दक्षिण अफ्रीकाका पुर्व राष्ट्रपति जुमाद्वारा कानुनी लडाई लड्न आर्थिक सहयोगको अपिल

विहीबार, १० भदौ २०७८, ०६ : ३०
4 Shares

काठमाडौँ । जेलमा रहेका दक्षिण अफ्रीकाका पुर्व राष्ट्रपति ज्याकोब जुमाले कानुनी लडाई लड्न आर्थिक सहयोग मागेका छन् ।राष्ट्रपति हुदा गरेका अनियमितताको मुद्धामा अहिले कानुनी लडाई लडिरहेका जुमाले आफ्नो फाउन्डेसनमार्फत आर्थिक सहयोग गर्न अपिल गरेका हुन् ।

उनको फाउन्डेसनले भनेको छ- 'हामी हाम्रा संरक्षकलाई कानुनी लडाई लड्न आर्थिक सहयोगको अपिल गर्दछौं ।' दक्षिण अफ्रिकीहरुले जुमाको यो आर्थिक सहयोग माग्ने कदमको आलोचना गरेका छन् भने उनका केहि समर्थकहरुले सहयोग गरिरहेको मिडिया रिपोर्टमा उल्लेख छ ।एक सामाजिक सञ्जाल प्रयोगकर्ताले भनेका छन्- 'जुमाले अहिले २.५ मिलियन पेन्सन पाउछन्, ठुलो सुरक्षा र उनको लागानीमा टेलिभिजन समेत रहेको छ । उनले आफ्नो पारिवारिक बैठक बोलाएर सहयोग माग्नुपर्छ, सामाजिक सञ्जालमा होइन ।'

जुमाले अहिले अदालतको मानहानी गरेको आरोपमा १५ महिनाको जेल सजाय भोगिरहेका छन् । उनीविरुद्ध उनको कार्यकालमा गरेको अनियमितताको अहिले छानबिन भैरहेको छ । तर जुमाले आफुले कुनै अनियमितता नगरेको दाबि गर्दै आएका छन् ।जुमा गत जुलाईमा गिरफ्तार भएपछि भएका हिंसात्मक आन्दोलनमा परेर दक्षिण अफ्रीकामा करिब ७० जनाको मृत्यु समेत भएको छ । उनी २००९ देखि २०१८ सम्म दक्षिण अफ्रीकाको राष्ट्रपति बनेका थिए ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।