१३ चैत्र २०७९, सोमबार

Mar 27, 2023

बनेपा । काभ्रेको धुलिखेल नगरपालिका–३ स्थित पतञ्जलि आयुर्वेद मेडिकल कलेज एण्ड रिसर्च सेन्टरका सञ्चालक र व्यवस्थापन पक्षले पठनपाठन बन्द गरेपछि विद्यार्थीले तत्काल पठनपाठन सुचारु गर्न माग गरेका छन् । साउन १ गतेदेखि बिना कारण बन्द भएको कलेज अहिलेसम्म पनि सञ्चालन नभएपछि आफूहरुको भविष्य अन्योलमा पर्ने अवस्था सिर्जना भएको भन्दै छिट्टै पठनपाठन गर्न माग गरेका हुन् । कलेजका चौंथो वर्षका विद्यार्थी रुपेश ठाकुरले कलेजले आफ्नो व्यवस्थापकीय पाटोमा पूर्वाधार पूरा नगरेको भन्दैमा आफूहरुको भविष्यमाथि कलेजले खेलवाड गर्न नमिल्ने बताए ।

Advertisement

कलेज खोलेको पाँच वर्ष भइसक्दासमेत कलेजको आफ्नै अस्पताल नभएका कारण पनि अहिले त्यहाँ अध्ययनरत विद्यार्थी ईन्टरनसिपको लागि बाहिर कलेजतिर जानुपर्ने बाध्यता रहेको उहाँको भनाइ छ । चिकित्सा शिक्षा आयोगले पूर्वाधार नपुगेको भन्दै यस वर्षको लागि पाउने सिट ४० वटा उपलब्ध नगराएको निहुँमा अध्ययनरत विद्यार्थीलाई पनि दुः ख दिएर ४२ दिनसम्म कलेज बन्द गरेर राखेको ठाकुरले बताए ।

सोही कलेजमा ब्याचलर अफ आयुर्वेदिक मेडिसिन एण्ड सर्जरी दोस्रो वर्षमा अध्ययनरत रिमा वञ्जाराले नियमित हुँदै आएको पाठनपाठन कलेजले बन्द गरेपछि आफूहरु समस्यामा परेको बताए । दुई वर्षअघि सो कलेजमा भर्ना भएर अध्ययनरत रहेका उनले सुरुमा एक महिना राम्रोसँग पढाइ भएको र त्यसपछि बीचमा नयाँ शिक्षक ल्याउने पढाउने गरी जसोतसो चल्दै आएकोमा अहिले आएर पूर्ण रुपमा बन्द गरेपछि आफूहरुको लगानी र समय वर्वाद हुने अवस्थामा पुगेको गुनासो गरे ।

कलेजका अर्का विद्यार्थी तेस्रो वर्षमा अध्ययनरत कृष्ण यादवले विगत साउन १ गतेदेखि पूर्ण रुपमा अनलाइन कक्षा बन्द गरेका कारण आफूहरुको पढाइ बिग्रेको बताए । “अहिलेसम्ममा करिब डेढमहिना हुन लागिसक्यो, पठनपाठन ठप्प छ, हामीले बारम्बार आग्रह गर्दा पनि हाम्रो आवाजको कुनै पनि सुनुवाइ भएको छैन ।” उनले भने,“हामीले शुल्क नतिरेको भन्ने बहानामा पूरै कलेज बन्द गरेर कलेज सञ्चालक, व्यवस्थापक र प्रशासनले के गर्न खोजेको हो रु” यदि त्यस्तै हो भनेपनि पहिला शुल्क तिर्ने वातावरण बनाइदिनु पर्यो, तर मुख्य कुरा त बन्द गर्नुको त्यो कारण नै नभएको उनको भनाइ छ ।

आयोगले यसपालीको लागि नयाँ भर्ना गर्न सिट नदिएको कारण चिकित्सा शिक्षा आयोगलाई दबाब दिनको निम्ति कलेज बन्द गरेको विद्यार्थीको भनाइ छ । पटकपटक आफूहरुको कक्षा सञ्चालन गर्नुप¥यो भन्दा पनि कुनै सुनुवाइ नभएका कारण प्रशासक र प्रिन्सिपललाई सोध्दा आफुसँग कुनै अधिकार नभएकोले ट्रष्टिले जे भन्छन् त्यही अनुसार हुने प्रतिक्रिया दिएको विद्यार्थीहरुले बताएका छन् ।

पाठ्यक्रम अनुसारका शैक्षिक गतिविधि सञ्चालन गर्नु÷गराउनु र कलेजमा भर्ना भएका विद्यार्थीलाई गुणस्तरीय चिकित्सा शिक्षा प्रदान गर्नु÷गराउनु कलेज तथा चिकित्सा शिक्षा आयोग, आयुर्वेद चिकित्सा परिषद्–नेपाल तथा सम्बन्धित नेपाल संस्कृत विश्वविद्यालयलगायतका नियमनकारी निकायको अनिवार्य दायित्व भए पनि नियमित पठनपाठनका लागि प्रिन्सिपलदेखि नेपाल पतञ्जलि योगपीठका ट्रष्टिसम्म कुरा राख्दा कुनै सुनुवाइ नै नभएको विद्यार्थीको गुनासो छ ।

सो कलेजका धुलिखेलका प्रिन्सिपल डा चन्द्रकिशोर यादवले भने कलेजको पठनपाठन बन्द भएको विषयमा आफूलाई जानकारी नभएकोले माथिल्लो निकायसँग सोध्नुपर्ने प्रतिक्रिया दिए । “यस विषयमा मलाई केही पनि थाहा छैन, माथि नेपाल पतञ्जलि योगपीठका ट्रष्टिलाई नै सोध्नुपर्छ”, उनले भने । नेपाल पतञ्जलि योगपीठका ट्रष्टि सालिग्राम सिं भने पटकपटक फोन गर्दा पनि सम्पर्कमा आउन चाहेनन् । सो कलेजमा अहिलेसम्ममा प्रथम, दोस्रो, तेस्रो र चांैथो वर्षका गरी कुल १११ विद्यार्थी अध्ययनरत रहेको विद्यार्थीले बताएका छन् ।

यसअघि भौतिक रुपमा सञ्चालन हुँदै आएको पठनपाठनको बेलामा पनि समस्या भएको तर यस्तै गरेर लामोसमयसम्म बन्द नभएको विद्यार्थी बताउँछन् । “नत शुल्क बुझाउन भनेर सूचना निकाल्छ, नत कलेज नै सञ्चालन हुन्छ”, विद्यार्थीहरु भन्छन्, “एक महिनासम्म बन्द गर्दा पनि आफूहरुले केही नभनेकोमा झन् बन्द लम्ब्याउँदै गएर भदौ १ गते कलेजको केन्द्रीय कार्यालय नेपाल पतञ्जलिी योग पीठ मण्डिखाटारमा बुझ्न जाँदा प्रहरी प्रशासन लगाएर पक्राउ गरियो ।” अहिले धुलिखेलस्थित कलेज प्रवेशद्वारमा विद्यार्थीले दैनिक रुपमा अनलाइन कक्षा सुचारु गर, भौतिक पूर्वाधार पूरा गर, सक्षम चिकित्सक बन्न पाउँ र हाम्रो भविष्यसँग खेलवाड गर्न पाइदैनलगायतका प्लेकार्ड बोकेर आन्दोलन गर्दै आएका छन् ।

कलेजले यही भदौ १७ गतेदेखि प्रथम, दोस्रो र तेस्रो सेमेष्टरको मौखिक परीक्षा गर्ने तालिका भए पनि अझैसम्म कुनै जानकारी र पठनपाठन नभएको गुनासो गरेका छन् । विद्यार्थीले चौँथो वर्षसम्म अध्ययन गरेबापत रु १६ लाख रकम बुझाउनुपर्छ । कोरोनाको कारण अनलाइन मात्रै पठनपाठन हुँदा पनि पूरै शुल्क तिर्नुपर्ने अवस्था रहेको विद्यार्थीको भनाइ छ ।- रासस

प्रतिकृया दिनुहोस्

Flash News

सेयर बजारमा १७.७० अंकले बढ्यो गृहमन्त्रीबारे प्रधानमन्त्रीले निर्णय गर्ने हो, मैले होइन : उपप्रधानमन्त्री श्रेष्ठ ट्वीटरको मूल्य आधा घट्याे नेपाल वायुसेवा निगमलाई प्राधिकरणले सोध्यो स्पष्टीकरण आरक्ष सहकारीबाट बचत फिर्ता पाएनन् बचतकर्ताले दुर्गेश थापासहित तीन जनाविरुद्ध प्रहरीमा उजुरी सन्दीप लामिछानेविरुद्ध मुद्दाको सुनुवाइ स्थगित बर्दिबासबाट हिँडेर १२ औँ दिनमा मातातीर्थ आइपुगे मिटरब्याज पीडितहरु (फोटो फिचर) एआईजी बढुवा सिफारिसमा सन्दीप भण्डारीको नाम पहिलो नम्बरमा मुटुरोगको समस्या भयावह बन्दैछ : डा उपाध्याय मेयर बालेन शाहविरुद्ध प्रदर्शन अझै पक्राउ परेनन् लक्ष्मी महतो कोइरी प्रचण्ड-देउवा-नेपाल वार्ताः भोलि गठबन्धनको बैठक बसेर मन्त्रिपरिषदलाई पूर्णता दिने सहमति जनताप्रतिको सेवाभावले राजनीति समर्पित हुनुपर्छ : राष्ट्रपति पौडेल मोटरसाइकल अनियन्त्रित भई दुर्घटना हुदाँ चालकको मृत्यु एभरेष्ट बैंकले मनायो ‘ग्लोबल मनि वीक-२०२३’ प्रधानमन्त्री प्रचण्ड र सभामुख घिमिरेबीच भेटवार्ता उपनिर्वाचनको उम्मेदवार तय गर्न राप्रपाको पदाधिकारी बैठक बस्दै भाटभटेनीेमा वीरगंजवासीको उत्साहजनक सहभागिता, शुभारम्भका छुट यथावत ( भिडियोसहित) कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक बस्दै