६ चैत्र २०७९, सोमबार

Mar 20, 2023

सैनामैना । लिटिल बर्ड्स इङलिस स्कुल, रानिबगीयामा आज कक्षा ११ का विद्यार्थीहरुका लागि एकदिने अभिमुखिकरण कार्यक्रम सम्पन्न भएको छ । कार्यक्रम विद्यालयका विद्यालय व्यवस्थापन समिति अध्यक्ष प्रेम कुमार शर्माको अध्यक्षता, महालक्ष्मि लाइफ इन्स्योरेन्सका लुम्बिनी प्रदेश निर्देशक श्रीराम महतको प्रमुख आतित्यथा एवम् सहजीकरण, विद्यालय व्यवस्थापन समितिका सदस्य द्वय राजन अर्याल तथा तिल बहादुर थापाको विशेष आतित्यथामा सम्पन्न भएको हो ।

Advertisement

कार्यक्रमका बोल्दै प्रमुख अतिथि तथा सहजकर्ता श्रीराम महतले यस विद्यालय यस क्षेत्रकै अब्बल शैक्षिक संस्थाको रुपमा विकसित हुँदै गएको र निकट भविष्यमा यस संस्थाले व्यवस्थापन संकाय बाहेक अन्य संकाय पनि थप्दै शैक्षिक जगतमा आफ्नो दायरा अझै फराकिलो पार्दै लैजाने विश्वास व्यक्त गरे । उनले आफ्नो विगतको अनुभव साट्दै सम्पूर्ण विद्यार्थीहरुलाई अरुको लहैलहैमा नभई आफ्नो स्वविवेक प्रयोग गरि शैक्षिक संस्था रोज्न अनुरोध गरे। उनले विद्यार्थीहरुलाई शैद्धान्तिक भन्दा पनि व्यवहारिक ज्ञानमा जोड दिन आग्रह गरे ।

कार्यक्रममा विद्यालयका तर्फबाट बोल्दै विद्यालय व्यवस्थापन समिति अध्यक्ष पे्रम कुमार शर्माले भने– लिटिल बर्ड्स इङलिस स्कुलले विगत २१ वर्षदेखि निरन्तर विद्यार्थीको सेवामा समर्पित भई हरेक वर्षको एसइइ परीक्षामा उत्कृष्ट नजिता दिन सफल भएको छ । उनले विद्यार्थीहरुको मागलाई सम्बोधन गर्दै यस संस्थाले यहि वर्षदेखि कक्षा ११ मा व्यवस्थापन संकाय अन्तर्गत होटल व्यवस्थापन, कम्प्युटर विज्ञान, वित्तीय व्यवस्थापन लगायतका विषयहरुमा कक्षा संचालन गर्ने कुरा उल्लेख गर्नुभयो । उहा“ले आगामी दिनमा यस विद्यालयलाई होटल व्यवस्थापनको हबको रुपमा स्थापीत गरिने समेत प्रतिबद्धता व्यक्त गरे ।

उक्त कार्यक्रममा विद्यालय व्यवस्थापन समितिका सदस्य राजन अर्याल, तिल बहादुर थापा, विद्यालयका प्राचार्य श्रवण कुमार गौतम, विद्यालयका शिक्षक रामु टण्डन लगायतले छोटो मन्तव्य व्यक्त गरेका थिए। कार्यक्रम विद्यालयका शिक्षक विनोद के।सी को सञ्चालन तथा विद्यायलका सह पा्रचार्य सुरेश पौडेलको स्वागत मन्तव्यमा सम्पन्न भएको हो । उक्त कार्यक्रममा करिब १०० जना कक्षा ११ का विद्यार्थी तथा अभिभावकहरुको सहभागिता रहेको थियो ।

प्रतिकृया दिनुहोस्

Flash News

प्रधानमन्त्री प्रचण्डले पाए विश्वासको मत जनमोर्चाले प्रधानमन्त्रीलाई विश्वासको मत दिन्छ: चित्रबहादुर उद्योग वाणिज्य महासंघ कार्यसमिति सदस्यमा बुटवलका नवराज कुँवरको उम्मेदवारी ओली लक्षित माधवको प्रश्न- किन कसैसँग सहकार्य हुन सकेन ? कोसीका मुख्यमन्त्री सवार गाडिमा तोडफोड प्रयास माधव नेपालको दावी : यो गठबन्धन ५ वर्षसम्म टिक्छ बुटवललाई सफा र सुन्दर बनाउन नियमित सरसफाई व्यवस्थित गर्न नगरप्रमुखको निर्देशन राजेन्द्र लिङ्देनको प्रश्न : हाइड्रोजन गाडी दिएको तर पुरानै चलाउँछु भनेर हाम फालेपछि के गर्नु ? एमाले सहमति छोडेर भागेको माओवादीको आरोप प्रधानमन्त्री ज्यु पुस १० गते सहयात्राका लागि किन सहमत हुनुभयो ? गठबन्धनको संस्कारलाई आत्मसात गर्दै अघि बढ्नुको विकल्प छैनः सभापति देउवा दुई महिना नपुग्दै विश्वासको मत लिनुपर्ने अवस्था आउला भन्ने लागेकाे थिएन: प्रधानमन्त्री प्रचण्ड गुल्मीको स्ववियु निर्वाचनमा बामगठबन्धनको वर्चश्व एमालेले प्रधानमन्त्रीलाई विश्वासको मत नदिने तालिवान सरकारद्वारा उच्च पदस्थ व्यक्तिका आफन्तलाई सरकारी पदबाट हट्न आदेश फागुनमा ६१ हजारले लिए श्रम स्वीकृति रासायनिक मलमा दिँदै आएको अनुदान यथावत् राख्ने सरकारको निर्णय सुनको भाउ तोलामा ७ सय रुपैयाँले घट्यो बुटवल वहुमुखी क्याम्पसमा अनेरास्ववियुको प्यानल नै निर्वाचित शान्ति व्यवस्थापन र कानुनी उपचार