ताजा अपडेट »

२२ वर्ष पछि फरार एक अभियुक्त पक्राउ

मंगलबार, ०८ भदौ २०७८, ०९ : ४५
24 Shares
मंगलबार, ०८ भदौ २०७८
24 Shares

परासी। पश्चिम नवलपरासी प्रहरीले २२ वर्ष पछि फरार एक जना अभियुक्त पक्राउ गरेको छ । २०५६ साल माघ १९ गते नवलपरासी जिल्ला अदालतबाट एक वर्ष ११ महिना ५ दिन कैद सजाय तोकिएका बर्दघाट नगरपालिका–१४ बस्ने साहेव चौधरीलाई प्रहरीले पक्राउ गरेको हो ।

साविक दाउन्ने गा.वि.स. वडा नम्बर ५ निवासी चौधरीलाई सवारी ज्यान मद्धामा कैद सजाय सुनाइएको थियो । फरार रहेका उनलाई रामग्राम नगरपालिका वडा नम्बर ११ बाट भदौ ४ गते पक्राउ गरिएकोमा सोमबार सार्वजनिक गरेको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी डिएसपी राजु लामाले जानकारी दिए।चौधरीलाई सोमबार नै अदालतमा उपस्थित गराएको र उनलाई कैद भुक्तानीका लागि अदालतले कारागार चलान गरेको डिएसपी लामाले बताएका छन् ।

बेनी माधव बस्याल
लेखकको बारेमा
बेनी माधव बस्याल