ताजा अपडेट »

बार्सिलोनामा जोर्डी अल्बा पनि पारिश्रमिक घटाउन सहमत

मंगलबार, ०८ भदौ २०७८, ०६ : ३८
2 Shares

काठमाडौँ । जोर्डी अल्बाले बार्सिलोनामा आफ्नो पारिश्रमिक कटौती गर्न सहमत भएका छन् ।  क्लब आर्थिक रुपमा मुश्किलमा परेको बेला सहयोग गर्ने खेलाडीको सूचीमा जेरार्ड पिके पछि कप्तान समुहका अल्बा पनि अगाडी आएका हुन् ।सोमबार अल्बाले बार्सिलोना व्यवस्थापनसँग आफ्नो पारिश्रमिक कटौतीमा सहमति जनाएको स्पेनिस मिडियाले उल्लेख गरेका छन् ।यस अघि पिकेले पारिश्रमिक घटाउन सहमति जनाएपछि बार्सिलोनाले मेम्फिस डिपे र एरिक गार्सियालाई ला लिगामा दर्ता गरेको थियो । 

अल्बाले आफुलाई दुई तीन साता अघिसम्म बार्सिलोना व्यवस्थापनबाट केहि कुरा नभनिएको बताउदै रियल सोसियडाडको खेलपछि मात्र यो विषय आफूसँग आएको बताएका छन् । मार्काका अनुसार अल्बाले आफुले जहिले पनि क्लबलाई सहयोग गर्न चाहेको बताउदै पिकेको पालामा उनले सहयोग गरेको र आफुहरु क्लबलाई सहयोग गर्ने कुरामा कहिल्लै पछि नहटेको बताएका छन् । 

बार्सिलोनाले आफ्ना कप्तान समुहका दुइ खेलाडी पिके र अल्बालाई पारिश्रमिक घटाउन सहमत गराएपछि अब बाँकि दुई खेलाडी सेर्जियो बुसक्वेट्स र सेर्गी रोबेर्टोसँग पनि केहि दिनमा छलफल गर्ने तयारी गरेको छ ।  सेर्गी रोबेर्टोको अर्को सिजनमा बार्सिलोनामा सम्झौता सकिन लागेकोले उनीसँग सम्झौता नवीकरण गर्ने विषयमा पनि एकै पटक छलफल हुने बताइएको छ । बार्सिलोनाले यसै सिजनमा भित्र्याएका सर्जियो अग्युरोलाई अझै ला लिगामा दर्ता गर्न बाँकी रहेको छ ।   

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।