ताजा अपडेट »

विश्वासको मत लिने तयारीमा लुम्बिनी प्रदेश सरकार

सोमबार, ०७ भदौ २०७८, १५ : २७
3 Shares

बुटवल । लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले आज सोमबार प्रदेश सभाबाट विश्वासको मत लिने तयारी गरेका छन । नेकपा एमालेको अबरोधका बीच मार्सल लगाएर भए पनि विश्वासको मत लिने तयारी भएको छ ।

केसी मुख्यमन्त्रीमा नियुक्त भएसँगै प्रतिपक्ष भएको नेकपा एमालले दुई सदस्यलाई पदमुक्त गर्न दबाब दिँदै लगातार प्रदेश सभाको बैठक अवरुद्ध गर्दै आएको छ । आज दिउँसो साढे एक बजे शुरू भएको प्रदेश सभा बैठकमा एमाले सांसदहरुले नाराबाजी गरेपछि आधा घण्टा स्थगित भई पुनः सञ्चालन भएपनि विपक्षी दल नेकपा एमालेका सांसदहरु अनुपस्थित रहे । विपक्षी दल बिनानै सञ्चालन गरिएको बैठकमा दुई वटा कार्यसूचिमा कारबाही गर्दै पुनः साढे ३ बजे बस्नेगरी बैठक स्थगित भएको छ ।

एमालेले आज सोमबार बिहान सभामुख पूर्णबहादुर घर्तीलाई पत्र दिँदै विना विभागीय मन्त्री बनेका अजय शाही र विमला ओलीलाई सांसद पदबाट नहटाएसम्म बैठक चल्न नदिने जानकारी गराएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।