ताजा अपडेट »

अर्को दलको सदस्यलाई कारवाही गर भन्नु संसदीय मूल्य मान्यता विपरीतः माओवादी

सोमबार, ०७ भदौ २०७८, १४ : २०
16 Shares
सोमबार, ०७ भदौ २०७८
16 Shares

बुटवल । अर्को दलको सदस्यलाई कारवाही गर भन्नु संसदीय मूल्य मान्यता विपरीत भएको माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बताएका छन् । एउटा दलको सदस्यलाई अर्को दलले कारवाही गर्न मिल्छ कि मिल्दैन भनी प्रश्न गर्दै घर्तीले भने ‘यदि कारवाहीे गर्न मिल्ने नै हो भने हामीले पनि कुनै अर्को दलको सदस्यलाई कारवाही गर्दछौँ, अनि यसरी सूचना टाँस भएन भने हामीले पनि सदन अवरुद्ध गर्दछौँ ।’

साथै घर्तीले सांसद बिमला कुमारी वली आफ्नो पार्टीको संसदीय दलको सदस्य भएको बताएको छ । प्रदेशसभाको बैठकमा एमालेले नारावाजी गरि रहेको अवस्थामा बोल्दै माओवादी केन्द्रका प्रमुख सचेतक तुलाराम घर्तीले बिमला कुमारी वली माओवादी केन्द्र संसदीय दलको सदस्य रहेको बताएका हुन्

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।