ताजा अपडेट »

वली र शाहीलाई नहटाएसम्म सदन चल्न दिँदैनौँ : एमाले लुम्बिनी

सोमबार, ०७ भदौ २०७८, ११ : २२
4 Shares

बुटवल । नेकपा एमाले लुम्बिनी प्रदेश संसदीय दलले प्रदेशसभा सदस्य एवं बिना बिभागिय मन्त्री अजय शाही र सांसद बिमला कुमारी वली खत्रीलाई पदबाट नहटाएसम्म सदन चल्न नदिने बताएको छ।प्रदेशसभा सचिवालयलाई पत्र बुझाउँदै प्रमुख सचेतक भूमिश्वर ढकालले सभामुखले पटक पटक पद अनुकुलको आचरण नगरी प्रदेशसभाको गरिमामा आँच आउने काम गरेकाले संबिधानको धारा १८२ को उपधारा ६ को देहाय खण्ड (ग) एवं प्रदेश सभा नियमावली, २०७४ को नियम १८० वमोजिम आचरण नगरेको र सदस्य नहटाएको भन्दै सदन चल्न नदिने दाबी गरेका हुन्।

प्रदेशसभा सचिवालयले प्रदेशसभा नियमावली १८७ सँग सम्बन्धित अनुसूची ६ अनुसार शाहीले स्वतन्त्र र वलीले माओवादी केन्द्रमा आवद्ध रहेको विवरण बुझाएको जनाएको छ । नेकपा एमाले शाही र वलीलाई सांसद पदबाट मुक्त गर्न माग गर्दै प्रदेशसभाको बैठक अवरुद्ध गर्दै आएको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।