ताजा अपडेट »

यस्तो छ आगामी तीन दिनको मौसम

सोमबार, ०७ भदौ २०७८, ०९ : ११
4 Shares

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले आगामी तीन दिनको मौसम पूर्वानुमान सार्वजनिक गरेको छ । महाशाखाका अनुसार हाल नेपालमा मनसुनी वायुको सामान्य प्रभाव रहेको छ। न्युन चापिय रेखा नेपालभन्दा केही दक्षिण तिर रहेको छ।हाल देशभर सामान्य बदली रहि  प्रदेश नं १, बागमती,  गण्डकी, लुम्बिनी प्रदेशका केहि स्थानहरूमा हल्कादेखि मध्यम खालको वर्षा भइरहेको छ।

आगामी तीन दिनको मौसम पूर्वानुमान 

सोमबार
दिउँसो : देशभर सामान्य बदली रही केहि स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, बागमती प्रदेश र गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ।  लुम्बिनी प्रदेश, गण्डकी प्रदेश र बागमती प्रदेशको एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

मगंलबार
दिउँसो : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  बागमती प्रदेश ,गण्डकी प्रदेश,लुम्विनि प्रदेश र सुदुर पश्चिम प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १, प्रदेश नं २, बागमती प्रदेश ,गण्डकी प्रदेश,लुम्विनी प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।

बुधबार
दिउँसो : देशको अधिकांस भू-भागमा सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनी प्रदेश र कर्णाली प्रदेशका  थोरै  स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेको छ।राती : देशभर सामान्य बदली रही धेरै स्थानहरुमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ। प्रदेश नं १,  बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्विनि प्रदेश र सुदुर पश्चिम प्रदेशका  थोरै स्थानहरुमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षार धेरै भारी वर्षाको सम्भावना रहेको छ।

आज प्रदेश नं १, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङ्गसहित भारी वर्षाको सम्भावना रहेकोले पहाडी भू-भागमा भू-क्षय, पहिरो तथा गेग्रान बहावको जोखिम रहेको हुनाले नदीनाला र खहरे खोलामा पानीको सतह बढ्न सक्ने भएकोले सामान्य सतर्कता अपनाउन महाशाखाले अनुरोध गरेको छ । 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।