२० आश्विन २०७९, बिहीबार

Oct 6, 2022

काठमाडौ । राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को स्थगित परीक्षा दशैँ अगावै हुन सक्ने जनाएको छ । कक्षा १२ को परीक्षाको तयारीमा रहेका अधिकांश विद्यार्थीले कोरोना भाइरसविरुद्धको खोप लगाउने वातावरण बनेपछि अब दशैँ अगावै परीक्षा हुन सक्ने अवस्था सिर्जना भएको जानकारी बोर्डका अधिकारीहरूले दिएका छन् ।

Advertisement

११ र १२ हेर्ने परीक्षा नियन्त्रक कृष्णप्रसाद शर्माले कोभिड–१९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले स्वीकृति दिएमा आफूहरू दशैँ अगावै परीक्षा गर्न सक्ने अवस्थामा रहेको जानकारी दिए ।

सीसीएमसीसित अनुमति लिएपछि १५ दिनको अग्रिम सूचना दिएर विद्यार्थीका लागि परीक्षाका बारेमा सूचित गरिने उनले बताए । राजधानी र सहरी क्षेत्रमा अध्ययन गर्ने धेरै परीक्षार्थीहरू परीक्षा रोकिएपछि गाउँतिर लागेकाले उनीहरूलाई परीक्षाका बारेमा अग्रिम सूचना दिनुपर्ने अवस्था रहेको उनले बताए ।

सीसीएमसीले अनुमति दिएमा स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै परीक्षा सञ्चालन गर्न आफूहरूलाई कुनै समस्या नभएको परीक्षा नियन्त्रक शर्माले स्पष्ट गरे । सरकारले यसै साता मात्रै कोरोना भाइरसविरुद्धको खोप कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई उपलब्ध गराएको छ ।यसअघि बोर्डले प्रवेशपत्रका आधारमा कक्षा १२ मा अध्ययन गर्ने विद्यार्थीलाई खोप उपलब्ध गराइदिन शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय र स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलाई आग्रह गरेको थियो ।

यसअघि साउन २३ गते सम्पन्न बोर्ड बैठकले साउन ३१ गतेदेखि तय गरिएको कक्षा १२ को परीक्षा स्थगित गर्ने निर्णय गरेको थियो । कक्षा १२ को परीक्षा दुई पटकसम्म सरिसकेकाले अब सार्न नपर्ने गरी परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने बोर्डको तयारी छ ।

प्रतिकृया दिनुहोस्

Flash News

सिराहामा जसपाका नेता कार्यकर्ताले दिए सामूहिक राजीनामा नारायणी नदीले सतर्कता पार गर्यो पाल्पा-गुल्मी सडक खुल्यो, लुम्बिनीका आधा दर्जन बढी सडक अवरुद्ध अष्टमीमा घरबाट निस्केका पाल्पाका २ युवाको दशैंमा शव फेला कसरी जुराइन्छ समुद्री आँधीको नाम ? आज पनि टीका लगाइँदै आजको मौसम: सुदूरपश्चिम, कर्णाली, लुम्बिनी र गण्डकी प्रदेशमा धेरै वर्षा हुने सन्दीप लामिछाने आज बिहान १० बजे काठमाडौँ आइपुग्ने रुपन्देहीकी युवा नेतृ २१ वर्षीया झरना चौधरीको दुर्घटनामा मृत्यु गुल्मीको मुसीकोटस्थित दरबार कोटको मेला (तस्वीरमा ) राम बन्न डराएका थिए प्रभास दशैं मनाउन मामाघर हिँडेका अर्घाखाँचीका १० वर्षीय समिरलाई खोलाले बगायो इन्टरनेट जडान गर्ने क्रममा २४ वर्षीय निलमको मृत्यु जीपको ठक्करबाट श्रीमानको मृत्यु, श्रीमती घाइते नेपाल थाइल्यान्डसंग पराजित तीन वर्षपछि टीका लगाउन पाउँदा कैदीबन्दी खुसी राष्ट्रपतिले लगाइदिइन् सर्वसाधारणलाई टीका आधुनिक घट्टले खुड्खुडीमा फेरियाे दैनिकी मिसाइल प्रक्षेपण असफल भएकोमा दक्षिण कोरियाले माग्यो माफी हिमपहिरोमा परी चार जनाको मृत्यु