ताजा अपडेट »

स्टिभ जब्सको हस्ताक्षर भएको एप्पल कम्प्युटरको म्यान्यूअल ८ लाख डलरमा लिलाम

सोमबार, ०७ भदौ २०७८, ०६ : ४६

काठमाडौँ । अहिलेको विश्वकै ठुलो ब्राण्ड मध्ये एक एप्पलका सहसंस्थापक स्टिभ जब्सले हस्ताक्षर गरेको एप्पल कम्प्युटरको म्यान्यूअल करिब ८ लाख डलरमा लिलाम भएको छ ।अमेरिकाको बोस्टनस्थित आरआर अक्सनले विहिबार गरेको लिलाममा स्वर्गीय जब्सले सन् १९८० मा साइन गरेको एप्पलको दोस्रो म्यान्यूअल ७ लाख ८७ हजार ४८४ अमेरिकी डलरमा बिक्रि भएको हो ।१९६ पेजको सो म्यान्यूअलमा एप्पलका त्यति बेलाका दोस्रो प्रमुख कार्यकारी अधिकृत माइक मर्क्कुलाले पनि हस्ताक्षर गरेका छन् । 

जब्सले सो म्यान्यूअलमा लेखेका छन्- 'जुलियन, तिम्रो पिढी कम्युटरसँगै अगाडी बढ्ने पहिलो पिढी हुने छ, जाउ विश्वलाई परिवर्तन गर । स्टिभ जब्स, १९८० । 'जब्स र माइकलले बेलायतमा एप्पलको प्रमोशन गर्न गएका बेला सो म्यान्यूअलमा हस्ताक्षर गरेका थिए । एप्पलका बेलायतका वितरकका छोरा जुलियन ब्रेवेरलाई जब्स र माइकले सो म्यान्यूअलमा हस्ताक्षर गरेर दिएका थिए । 

जुलियनले त्यति बेलाको अवस्थालाई सम्झिदै भन्छन् - 'म त्यति बेला मेरो बेडमा एप्पल कम्युटरमा रमाइरहेको थिए ।  त्यति बेला बेरो बुबाले तल कोहि पाहुना आएको र भेट्न आउन बोलाउनु भयो । म स्टिभ जब्स र माइक मर्क्कुलालाई देखेर अचम्मित भए । मसँग एप्पलको म्यान्यूअल थियो । पछि गएर मैले बुझेकी जब्सले साइन गरेको सो म्यान्यूअल कति महत्वपूर्ण थियो भनेर ।'

१९७७ मा लंच गरिएको एप्पल दोस्रो एप्पलको पहिलो सफल उत्पादन थियो । यो नै पहिलो आम मानिसलाई लक्षित गरेर बनाइएको कम्पुटर थियो । यो पहिलो कम्प्युटर थियो जसमा स्प्रेडशीट रहेको थियो । शुरुमा २०० भन्दा कम उत्पादन गरिएको एप्पलको यो उत्पादन करिब ६० लाखले किनेका थिए । यस एप्पल दोस्रो पछि एप्पलले त्यति बेलाको टेक उद्योगको इतिहासकै सबै भन्दा ठुलो आइपियो निकालेको थियो । 

जब्सले साइन गरेको सो म्यान्यूअल इण्डियाना कोल्ट्सका मालिक जिम इरसेले लिलामबाट किनेको आरआर अक्सनले जनाएको छ । आरआर अक्सनले जब्सले लेखेका चिठी पनि लिलाम गरेको थियो । जब्सको चिठीलाई लिलाममा ४ लाख ७९ हजार ९३९ मा बिक्रि गरेको आरआर अक्सनले जनाएको छ ।  

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।