ताजा अपडेट »

बुटवलका २२ सहित रुपन्देहीमा थपिए ५२ संक्रमित

शुक्रबार, ०४ भदौ २०७८, १७ : ४४
2 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ५२ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २०१ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ४८ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २२, सैनामैना नगरपालिकाका ११ जना, तिलोत्तमा नगरपालिकामा १० जना, देवदह नगरपालिकामा ४ जना, कञ्चन गाउँपालिका र सिद्धार्थनगर नगरपालिकामा २–२ जना, मायादेवी गाउँपालिका र १–१ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५२१ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४६० रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।