ताजा अपडेट »

माधव नेपाल पार्टीको नाम नेकपा एकीकृत (समाजवादी) !

शुक्रबार, ०४ भदौ २०७८, १२ : ५८
18 Shares
शुक्रबार, ०४ भदौ २०७८
18 Shares

काठमाडौं । माधवकुमार नेपाल नेतृत्वको पार्टीको नाममा अब फेरिने भएको छ । बुधबार दर्ताको लागि निर्वाचन आयोगमा बुझाएको पार्टीको नाम नेकपा एमाले (समाजवादी) अस्वीकृत भएपछि नेपाल पक्ष अर्को नाम जुराउन लागेको हो । 

पार्टीको नाम राख्न माधव नेपालसहित केही नेताहरुबीच अनौपचारिक छलफल भएको छ । अब पार्टीको नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राख्नेबारे सो छलफलमा भएको एक नेताले जानकारी दिए  । आयोगले पार्टीको नाम नेकपा एमाले (समाजवादी) भन्दा फरक राख्न अर्थात् अर्को पार्टीसँग मिल्दोजुल्दो नराख्न भनेपछि नयाँ नाम नेकपा एकीकृत (समाजवादी) राख्नेबारे छलफल भएको हो । 

नेपाल कम्युनिस्ट पार्टी समाजवादी नाममा पार्टी दर्ता हुने सम्भावना पनि रहेको ती नेताले बताए । सम्भव भए आजै आयोग गएर फेरि निवेदन दिने तयारी छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।