३ आश्विन २०७८, आईतवार

Sep 19, 2021

इनरुवा । सप्तकोशी नदीमा हामफाली आत्महत्याको प्रयास गर्ने छ जनालाई जिल्ला प्रहरी कार्यालय सुनसरीले सकुशल उद्धार गरेको छ । ब्यारेजको पुलबाट नदीमा हामफालेका उनीहरु सबैलाई प्रहरी चौकी कोशी ब्यारेजका प्रहरीले सकुशल उद्धार गरेको सुनसरीका प्रहरी नायब उपरीक्षक नरेन्द्रकुमार कार्कीले जानकारी दिए । गत असारदेखि साउन महिनाको अवधिमा आत्महत्याका लागि नदीमा हामफालेका उनीहरुलाई प्रहरीले सकुशल उद्धार गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सकुशल उद्धार गरेकामा सुनसरी गढीका ७८ वर्षीय पुरुष, विराटनगरकी ५५ र ३५ वर्षीया महिला रहेका छन् ।

त्यसैगरी भारत मधुवनीका २५ वर्षीय युवक, इटहरीकी ६५ वर्षीया महिला र काभ्रेपलाञ्चोककी ४० वर्षीया महिला समेतलाई आत्महत्याका लागि नदीमा हामफालेको अवस्थामा प्रहरीले सकुशल उद्धार गरेको प्रहरी नायब उपरीक्षक कार्कीले जानकारी दिए । आत्महत्याको प्रयासमा कोशीमा हामफालेका सबैकोे सकुशल उद्धार गरी परिवारको जिम्मा लगाइएको प्रहरीले जनाएको छ । -रासस

Advertisement

Follow Us

प्रतिकृया दिनुहोस्

Flash News

तिलोत्तमाको राममणिमा अभिमुखीकरण नेकपा (मसाल) प्यूठानका संस्थापक गुरुङको निधन जबरजस्ती करणीको मुद्दा दर्ता गर्ने धम्कीसहित १८ लाख असुल्ने तीन महिला पक्राउ बुद्धभूमि नेपाल हाइड्रोपावरले सर्वसाधारणलाई शेयर जारी गर्ने पूजाको विषयलाई लिएर दुई पक्षबीच कुटाकुट हुँदा एकको मृत्यु ओमानविरुद्ध नेपालले टस जित्यो, बलिङ गर्ने बंगलादेशमा ५० लाख कोरोना विरुद्धको चिनियाँ खोप पुग्यो स्क्रब टाइफसका बिरामी बढ्दैः २५ जनामा सङ्क्रमण संविधानमा वातावरणीय चासो पर्यटकीयस्थल रौतासम्म जोड्ने ग्रामीण सडकको स्तरोन्नति सुरु खोटाङमा आठ जनामा डेङ्गु सङ्क्रमण पोखरा उडानले पर्यटन व्यवसायी उत्साहित भारतमा थप तीस हजार ७७३ नयाँ सङ्क्रमित अफगानिस्तानलाई सहयोग गर्न चीनको आग्रह सङ्क्रामक रोगको जोखिममा कैदीबन्दी सोलार मिनिग्रिड चलेसँगै थवाङ झिलिमिली जुम्लामा खाद्य कम्पनीको सुपथ पसल सञ्चालन इन्द्रजात्राको रौनक, स्वास्थ्य मापदण्ड पालनामा चुनौती छाडा गाईको बिजोक सुनको मुल्य स्थिर, चाँदीमा २० रुपैयाँ घट्यो