२६ जेष्ठ २०८०, शुक्रबार

Jun 9, 2023

बुटवल । बुटवलको नयाँ गाउँमा लुम्बिनी बौद्ध विश्वविद्यालय आएकोमा स्थानीयले स्वागत गरेका छन् । लुम्बिनीमा केन्द्रीय कार्यालय रहेको विश्वविद्यालयले नयाँ गाउँमा सिटी कलेज सञ्चालन गर्दैछ । १२ औं विश्वविद्यालय सभाबाट सिटी कलेज चलाउने निर्णय भएको थियो ।

Advertisement

बुटवलको नयाँगाउँ क्षेत्रलाई शैक्षिक हवको रुपमा विकास गर्ने योजनासहित विश्वविद्यालय ल्याउनका लागि यसक्षेत्रका समाजसेवीहरु जुटेका हुन् । विश्वविद्यालय ल्याउनका लागि नयाँगाउँ माध्यमिक विद्यालयले पूर्वाधारसहितको करिव ५ बिगाहा जग्गा प्रदान गरेको छ । नयाँगाउँको नदी उकाश क्षेत्रमा क्याम्पस चलाउने योजनासहित विद्यालयले पूर्वाधार बनाएको थियो । क्याम्पस सञ्चालन गर्न आर्थिक स्रोत अभाव भएपछि त्यत्तिकै रोकिएको बेला लुम्बिनी विश्वविद्यालयको सिटी कलेज ल्याउने निर्णय भएको हो ।

बुटवलको बेलबासमा बिहिबार भएको एक अन्र्तक्रिया कार्यक्रममा सहभागि विद्यालयका पदाधिकारी, चन्दादाता, अभिभावक तथा जनप्रतिनिधिहरुले विश्वविद्यालय आउदा यो क्षेत्र नै शैक्षिक हव बन्ने विश्वास व्यक्त गरेका छन् । सो अवसरमा बोल्दै लुम्बिनी प्रदेशका पूर्व मन्त्री एवम् सांसद भोजप्रसाद श्रेष्ठले आफू बुटवलको मेयर हुदाँ नयाँगाउँ क्षेत्रमा क्याम्पस चलाउन बनाएको योजनाले अहिले सार्थकता पाएको बताए। तिनाउ पारीको विकास शैक्षिक विकासबाटै हुने भन्दै बौद्ध विश्वविद्यालयको एउटा कजेलेले नयाँगाउँ क्षेत्रकै स्वरुप फेरिने बताए ।

प्रदेशसभा सदस्य खड्ग केसीले बुटवल उपमहानगरभित्र रहेर पनि पछि परेको नयाँगाउँ आसापासको क्षेत्रलाई शैशिक हवको रुपमा विकास गर्नुपर्ने भन्दै विश्वविद्यालयले सो सपना पूरा गर्ने विश्वास गरे । लुम्बिनी बौद्ध विश्वविद्यालयका उपकुलपति प्रा.डा. हृदयरत्न बज्राचार्यले नयाँगाउँ क्षेत्रलाई शिक्षाको अग्रणी स्थान बनाउने योजनालाई विश्वविद्यालयले सहयोग गर्ने प्रतिवद्धता जनाए । देवदह र बुटवलमा विस्तार भएको विश्वविद्यालयलाई विशिष्टीकृत बनाउदै लैजाने योजना रहेको उनले बताए ।

विश्वविद्यालयका रजिष्ट्रार डा. तिलक आचार्यले विश्वविद्यालय विशाल स्वरुपमा खडा हुने भएकाले नयाँगाउँबासीले शंका गर्ने नपर्ने बताए । ‘जति धेरै जमिन उपलब्ध भयो, त्यति ठूलो नै योजना विश्वविद्यालयले बनाउछ, उनले भने,-‘विश्वविद्यालय ल्याउने र विकास गर्ने विषयमा स्थानीयले संर्किर्ण सोच राख्नु हुदैन । खुला हृदयले सहयोग पुराउनुपर्छ ।’

नयाँगाउँमा प्राप्त जग्गाको सट्टामा विश्वविद्यालयले कुनै सहयोग नगर्ने भन्दै आचार्यले विश्वविद्यालय स्थापनापछि हुने लाभ नै स्थानीयको उपलब्धी हुने बताए । रोजगारी, स्थानीय विद्यार्थीको पठन पाठन, सयौं विद्यार्थीले पढ्दा हुने व्यापार व्यवसाय नै नयाँगाउँका स्थानीयको उपलब्धी हुने उनले बताए । दक्ष शैक्षिक जनशक्ति भए अहिले नै रोजगारी दिन सक्ने अवस्था रहेको समेत उनले बताए ।

विश्वविद्यालयले आगामी ५ वर्षमा उपलब्ध जग्गा क्षेत्रको स्वरुप नै परिवर्तन गर्ने आचार्यले जानकारी दिए । पहिलो चरणमा करिव ९ करोड लागतमा भवन निर्माण र वाउण्ड्री वाल निर्माणको काम हुन लागेको छ । एक वर्षभित्र नै यो कामले मुर्तता पाउनेछ ।

प्रतिकृया दिनुहोस्

Flash News

नेपाल धितोपत्र बोर्डले मनकामना दरौंदी हाइड्रोपावरको सेयरमा आवेदन नदिन आग्रह पहिचानको नाममा अराजकता मच्चाउनेलाई कारबाही गरिनेछः गृहमन्त्री  सुनचाँदीको भाउमा उतारचढाव कुमारी बैंकको १ लाख ४६ हजार कित्ता संस्थापक सेयर लिलामी खुल्यो आइएमई लाइफको आइपीओ खुला हुने २९ जिल्ला न्यायाधीशका लागि दरखास्त आव्हान [सूचनासहित] अत्याधिक गर्मी बढेपछि तिलोत्तमामा निः शुल्क सर्वत पानी वितरण ४७ बर्षकी भइन टाइटनिककी रोज  नेपालका असरफसँग डिल गरे पछि सञ्जीव जीवाकाे लखनउ अदालतमा हत्या लुम्बिनी प्रदेश सरकारले आज नीति तथा सार्वजनिक गर्ने भाषण गर्न नपाउँदा सभामुख घर्तीको आक्रोस : लुम्बिनी केवलकारलाई ‘पूँजीवादी दलाल’का पनि ‘दलाल’को संज्ञा क्यानडाको डढेलोले अमेरिकाकाे न्युयाेर्कलगायतका सहर धुवाँले ढाकियो बजेटमाथिको छलफल जारी : प्रतिनिधिसभा बैठक विहान ११ बजेदेखि राप्रपा नेपालले आज बिरोध प्रदर्शन गर्दै पूर्व अमेरिकी गुप्तचर अधिकारीको दाबीः अमेरिकासँग एलियन छ निर्वाचन आयोग र राजनीतिक दल बीच आज छलफल हुँदै कांग्रेसको सदस्यता र नवीकरण अनलाइनमार्फत भर्न सकिने हेटौंडा अस्पताल र मेडिकल स्टोर पथलैयामा स्वास्थ्य मन्त्रीको आकस्मिक निरीक्षण मोरङमा स्कुटर चालकको निधन : ठक्कर दिने बसमा आगजनी, स्थिती तनावग्रस्त अबैध सामानसहित एक महिला पक्राउ