ताजा अपडेट »

सैनामैनामा साइन्स, सर्वशुलभ बनाइने

विहीबार, २८ साउन २०७८, ११ : १८
10 Shares

बुटवल । रुपन्देहीको सैनामैना नगरपालिका स्थित विद्यालय सैनामैना परोहा परमेश्वर नमूना माध्यमिक विद्यालयले बिज्ञान संकाय सञ्चालन गर्ने भएको छ । विद्यालयले नगरकै सामुदायिक विद्यालयबाट सर्वशुलभ तवरले विज्ञान शिक्षा प्रदान गर्ने उद्देश्यले यसै शैक्षिक सत्रदेखि विज्ञान संकाय सुरु गरेको विद्यालयका प्राचार्य नेत्र पुरीले बताए ।

विद्यालयले बिहीबार पत्रकार भेटघाट कार्यक्रम गरि नयाँ शैक्षिक कार्यक्रम बारे जानकारी गराएकाे हो । यस अगाडि व्यवस्थापन र शिक्षा संकायका कक्षाहरु सञ्चालन गर्दै आएको विद्यालयले यसै वर्षदेखि कक्षा ११ मा फिजिक्स,केमेस्ट्रि, बायोलोजी, कम्प्यूटर साइन्स वा म्याथका कक्षा सञ्चालन गर्दै छ । विद्यालयले प्लस टू मा म्यानेजमेन्ट, होटल म्यानेजमेन्ट, कम्प्टुर साइन्स तथा फाइनान्स लगाएत र शिक्षा शंकायतर्फ म्याथ, अंग्रेजी, स्वास्थ्य, नेपाली, जनसंख्या तथा वातावरण लगाएतका विषयमा अध्यापन गराउँदै आएको प्राचार्य पुरीले जनाए ।

विगत ४० वर्षदेखि शिक्षा प्रदान गर्दै आएको विद्यालय नेपाल सरकारको नमूना विद्यालय विकासमा सूचित विद्यालय हो । विज्ञान विषय अध्ययनका लागि बुटवल लगाएत् टाढा जानुपर्ने र खर्चिलो हुनेहुँदा स्थानीय स्तरमा सहज र सर्वशुलभ तवरले अध्यापन गराउने उद्देश्यका साथ विज्ञान संकाय सुरु गरेको विद्यालयका सहायक प्राचार्य यमानन्द चालिसेले बताए।

पत्रकार भेटघाट कार्यक्रम विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शिवलाल बस्यालको अध्यक्षता र शिक्षक हरि पौडेलको संचालनमा भएको थियो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।