ताजा अपडेट »

लुम्बिनी प्रदेश: ४२ सांसदको हस्ताक्षरसहित मुख्यमन्त्रीमा केसीको दाबी पेश

विहीबार, २८ साउन २०७८, ११ : १३
2 Shares

बुटवल । माओवादी केन्द्र, लुम्बिनी प्रदेश संसदीय दलका नेता कुलप्रसाद केसीले चार दलीय गठबन्धनको समर्थनमा प्रदेश प्रमुख समक्ष मुख्यमन्त्रीमा दाबी पेश गरेका छन् ।

माओवादी केन्द्रका केसीलाई ४२ जना सांसदको समर्थन रहेको भन्दै गठबन्धनका संयोजक एवम् कांग्रेस संसदीय दलका नेता विरेन्द्र कनोडियाले प्रदेश प्रमुख शेरचनलाई हस्ताक्षर बुझाएका हुन् । गठबन्धनमा हृदयश त्रिपाठी समूहमा रहेका अजय शाही समेत मिसिएका छन् । उनले पनि केसीलाई समर्थन गर्दै हस्ताक्षर गरेका छन् ।

लुम्बिनीका मुख्यमन्त्री शंकर पोखरलले राजीनामा दिएपछि बुधबार प्रदेश प्रमुख अमिक शेरेचनले संविधानको धारा १६८ को उपधारा अनुसार दुई वा दुई भन्दा बढी दलको बहुमत पुर्याएर दाबी पेश गर्न २४ घण्टाको समय दिएका थिए । सत्ताबाट बाहिरिएको नेकपा एमालेले भने सरकारका लागि दाबी नगर्ने जनाएको छ।

गठबन्धनमा नेपाली कांगेसका १९, माओवादी केन्द्रका १८, जसपाका ३ र जनमोर्चाका १ जना गरी ४१ जना सांसद रहेका छन् । अल्पमतमा परेको एमालेमा ३७ जना छन् । प्रदेश प्रमुख शेरेचनले आजै केसीलाई मुख्यमन्त्री नियुक्त गर्ने र आजै शपथ समेत गराउने तयारी रहेको छ । गठबन्धनले आजै सानो आकारको मन्त्रिमण्डल गठन गर्ने तयारी गरेको छ ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।