ताजा अपडेट »

बुटवलका २७ सहित रुपन्देहीमा थपिए ६१ संक्रमित

बुधबार, २७ साउन २०७८, १७ : ३३
6 Shares

बुटवल । जिल्लामा पछिल्लो २४ घण्टामा ६१ जना नयाँ संक्रमित थपिएका छन्। पछिल्लो २४ घण्टाको अवधिमा २२५ जनाको कोरोना परीक्षण गरिएको थियो ।

पछिल्लो २४ घण्टामा ९५ जना संक्रमणमुक्त भएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा बुटवल उपमहानगरपालिकाका २७, तिलोत्तमा नगरपालिकामा १४ जना, सिद्धार्थनगर नगरपालिकामा १० जना, सैनामैना नगरपालिकामा ४ जना, देवदह नगरपालिकामा ३ जना र सियारी गाउँपालिकामा १ जना नयाँ संक्रमित थपिएका छन् ।

पछिल्लो २४ घण्टाको अवधिमा कसैको पनि मृत्यु भएको छैन् । हालसम्म जिल्लामा ५१७ जनाको कोरोनाबाट मृत्यु भएको कार्यालयले जनाएको छ । जिल्लामा हाल कोरोनाका सक्रिय संक्रमितको संख्या ४८२ रहेको छन्।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।