ताजा अपडेट »

कोहलीको शतकमा भारत ५९ रनले विजयी

सोमबार, २७ साउन २०७६, १२ : ०५
6 Shares

साउन २७,
काठमाण्डौं । कप्तान विराट कोहलीको शतकप्रेरित भारतले आइतबार राती घरेलु टोली वेष्ट इन्डिजलाई डकवर्थ लुइस पद्धतिमा ५९ रनले पराजित गरेको छ। जितसँगै तीन खेलको दोस्रो एकदिवसीय  श‍ृङ्खलामा भारतले १-० को अग्रता लिएको छ। पहिलो खेल नितजाविहीन बनेको थियो।

विराट कोहलीले १ सय २० रन बनाएपछि टस जितेर ब्याटिङ गरेको भारतले निर्धारित ५० ओभरमा ७ विकेट गुमाएर २ सय ७९ रन बनाएको थियो। वर्षाले खेल प्रभावित भएपछि वेष्ट इन्डिजले जितका लागि ४६ ओभरमा २ सय ७० रनको लक्ष्य पाएको थियो। तर, वेष्ट इन्डिजले ४२ ओभरमा सबै विकेट गुमाएर २ सय १० रनमात्र जोड्न सक्यो। पहिलो ब्याटिङ गरेको भारतका कप्तान कोहलीले १ सय २५ बलमा १४ चौका र १ छक्कासहित १ सय २० रन बनाएका हुन्। यससँगै कोहली एउटै टोलीविरुद्ध ८ भन्दा बढी शतक बनाउने पहिलो ब्याट्सम्यान बनेका छन्।

यस्तै कोहली एकै विपक्षी टिमविरुद्ध कम इनिङ्समा २ हजार रन पूरा गर्ने पहिलो भारतीय खेलाडी बनेका छन्। वेष्ट इन्डिजविरुद्ध ३४ इनिङमा २ हजार रन पूरा गरेका कोहलीले रोहित शर्माले अस्ट्रेलियाविरुद्ध ३७ खेलमा बानाएको कीर्तिमान तोडेका हुन्। भारतका श्रेयस इयरले ७१ रन बनाउँदा रिसब पन्तले २० तथा रोहित शर्माले १८ रन बनाए। वेष्ट इन्डिजका लागि कार्लोस ब्रेथह्वाइटले ३ विकेट लिए। ४७ ओभरमा २ सय ७० रनको लक्ष्य पछ्याएको वेष्ट इन्डिजका इभान लेविसले सबैभन्दा धेरै ६५ रन बनाए। निकोलस पुरनले ४२ रन जोड्नुबाहेक अन्य ब्याट्सम्यानले उल्लेख्य प्रदर्शन गर्न सकेनन्। भारतका भुवनेश्वर कुमारले ४ विकेट लिँदा मोहम्मद शामी र कुलदीप यादवले समान २ विकेट लिए।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।