ताजा अपडेट »

बोन म्यारो ग्रसीत गृष्मालाई पहिलो पाईलाको आर्थिक सहयोग

आइतबार, २६ साउन २०७६, १८ : १४
2 Shares


साउन २६,
बुटवल । बोन म्यारो रोगबाट ग्रसीत कपिलवस्तुको बुद्धभूमी नगरपालिका ३ की गृष्मा खनालको स्वास्थ्येमा सुधार आएको परिवारले जानकारी गराएका छन् । ६ वर्षिया गृष्मा बोन म्यारोबाट ग्रसीत भएपछि उनलाई बचाउँन आर्थीक सहयोग संकलनका लागि पहिलो पाईलाले सक्रियता जनाउँदै आएको छ ।

यसैबीच पहिलो पाइलाले आयोजना गरेको गृष्मा वचाउ अभियानको रकम हस्तान्तरण कार्यक्रममा बुबा श्रीधर खनालले छोरी गृष्मालाई किमो दिइरहेको र स्वास्थमा सुधार आएको जानकारी दिदै पहिलो पाइला बुटवल शाखालाई धन्यवाद व्यक्त गरेका छन् । पहिलो पाइलाले विभिन्न स्थानमा रकम संकलन कार्यक्रम गरि रु ५० हजार ७० रुपैयाँ शनिवार हस्तान्तरण गरेको हो । कार्यक्रम संस्थाका अध्यक्ष आयुष पौडेलको अध्यक्षता र संस्थाका मिडिया संयोजक सुनिता बेल्वासेको सञ्चालनमा भएको थियो ।


अभियानका संयोजक तथा पहिलो पाइला नेपाल बुटवल शाखा सचिव पारस मरासिनिले आकश्यक पर्दा जुनसुकै समय संस्था र आफ्नो व्यक्तिगत साथ सहयोग रहने प्रतिद्धता व्यक्त गरे । आफुले अगाडि बढाएको अभियानले सार्थकता पाएको र गृष्माको स्वास्थ सुधार भएकोमा खुसी व्यक्त गरे । बुद्धभूमी नगरपालिका वाड न ३ का अध्यक्ष बिकास आचार्य, पहिलो पाइला नेपाल बुटवल शाखाका सह–संयोजक शालिक भुषाल र संस्थाका सल्लाहकार गँगाधर न्यौपाने लगायत सदस्यको उपस्थितिमा रकम हस्तान्तरण गरिएको हो ।

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।