ताजा अपडेट »

असोजबाट शिक्षकको पदपूर्ति

मंगलबार, २६ साउन २०७८, ०८ : ५८
6 Shares

काठमाडाै। शिक्षक सेवा आयोगले असोज पहिलो साताभित्र नयाँ शिक्षकको पदपूर्ति प्रक्रिया अगाडि बढाउने भएको छ । झन्डै १५ हजारको हाराहारीमा नयाँ जनशक्ति शिक्षण पेसामा भित्र्याउने गरी शिक्षक पदपूर्तिको प्रक्रिया अगाडि बढाइने भएको हो ।

शिक्षक सेवा आयोगका नवनियुक्त अध्यक्ष मधु रेग्मीले ढिलामा पनि असोज पहिलो सातासम्म शिक्षकको नयाँ पदपूर्ति गर्ने हिसाबले आफूहरू अगाडि बढेको जानकारी दिए । आयोगले  पदपूर्ति  प्रक्रिया  अगाडि  बढाउन  शिक्षा  तथा  मानव  स्रोत  विकास  केन्द्रलाई  देशभरका  सार्वजनिक  विद्यालयमा  शिक्षकको  रिक्त  दरबन्दीको  विवरण  अद्यावधिक  गरिदिन  अनुरोध गरेको छ । गोरखापत्रमा खबर छ। 

ग्लोबल आवाज
लेखकको बारेमा
ग्लोबल आवाज
ग्लोबल आवाज लुम्बिनी प्रदेशबाट प्रकाशित लोकप्रिय अनलाइन पत्रिका हो ।